Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

भैरहवामा मारवाडी भोजनालय सञ्चालनमा , ३१ हजारमा ४० कोठाको लज बुक गर्न सकिने ।


  • लुम्बिनी चिन्तन
  • श्रावण ८, २०७९ आइतवार
  • 862
    SHARES

भैरहवामा मारवाडी भोजनालय सञ्चालनमा , ३१ हजारमा ४० कोठाको लज बुक गर्न सकिने ।

 

भैरहवा साउन ८ /
आईतबार देखी रुपन्देहीको भैरहवामा मारवाडी भोजनालय सञ्चालनमा आएको छ । 
भैरहवाका मारवाडी समुदायको पहलमा सिद्धार्थनगर नगरपालिका जिल्ला प्रशासन कार्यालय अगाडी भोजनालयको सञ्चालनमा आएको हो ।
भोजनालयमा शुद्ध मारवाडी खानाका साथै इन्डियन शहाकारी खानाको व्यवस्था गरिएको मारवाडी सेवा संघ भैरहवाका अध्यक्ष हेमन्त अग्रवालले बताउनु भयो । 
मारवाडी सेवा संघले विशुद्ध सेवामा आधारित रहेको बताउँदै अध्यक्ष अग्रवालले नाफा भन्दा पनि सेवा समर्पित हुनका लागि भोजनालय सञ्चालन गरेको जानकारी दिनु भयो । भोजनालयमा विहानको नास्ता, दिउँसोको खाना र रातीको खानाको व्यवस्था रहेको माडवारी युवा मञ्च भैरहवाका निर्वतमान अध्यक्ष मनोज अग्रवालले बताउनु भयो । ‘भोजनालयमा शुद्ध शाहाकारी नास्ता र खानाको उपलब्ध हुन्छ ।’ उहाले भन्नु भयो ।  ‘खानाका लागि १८० र नास्ताको १२५ रुपौयाँमा शुल्क मुल्य तोकिएको छ।’
मारवाडी सेवा संघको भवन विस्तारको काम जारी रहेको जनाएको छ । भवनमा ४० वठा कोठा रहेका छन् । केही समय पछि धेरै जसको कोठाहरुमा एसि जडान हुने छन् । अहिलेसम्म भवन निर्माण गर्नका लागि करिब ३ करोड लागत लागिसकेको बताउँदै अध्यक्ष अग्रवालले भवन पूर्ण रुपमा निर्माण सम्पन्न हुनका लागि अझै ३ महिना लाग्ने बताउनु भयो । 
भवन पूर्ण रुपमा निर्माण भएपछि भोजनालयलाई अझ व्यवस्थित र प्रभावकारी रुपमा विस्तार गरिने योजना रहेको अध्यक्ष अग्रवालले बताउँछन् । मारवाडी समितिले यसअघि लज संचालनमा ल्याइसकेको छ । बिवाह वा अन्य कुनै शुभ कार्यका लागी ४० कोठाको लज पुर्ण भाडामा पनि लिन सकिने छ । ४० वटा कोठा बिवाह , वा अन्य कुनै कार्यक्रमका लागी ३१ ह्जार रुपैयामा बुक गर्न सकिने छ । कोठाहरुमा एसि जडान गरे पनि भने रुमको लागत केही बढ्ने छ ।


लुम्बिनी चिन्तन

थप समाचार