Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

नेपाल बाट पहिलो पटक छड भारत निकासी , नेपाल बाट बार्षिक एक खर्ब २० अर्ब बराबरको छड निकासी गर्न सकिने ।


  • लुम्बिनी चिन्तन
  • श्रावण ४, २०७९ बुधवार
  • 766
    SHARES

नेपाल बाट पहिलो पटक छड भारत निकासी , नेपाल बाट बार्षिक एक खर्ब २० अर्ब बराबरको छड निकासी गर्न सकिने ।


दिपेश पछाई , 
भैरहवा साउन ४,
नेपाल बाट पहिलो पटक भारतीय बजार नेपाली छड निर्यात छ । रुपन्देहीको सेमरहवामा रहेको श्री स्टिल्स उधोगले टिएमटी छड भारत निर्यात सुरु गरेको उधोगका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालले बताउनु भयो ।
बुधवार एक कार्यक्रमका बिच श्री स्टिल्सले ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो । यो सुरुवात मात्र हो आगामी दिनमा हामीले निर्यातको मात्रा बढाउदै लैजाने छौ उधोगका संचालक राजेश अग्रवालले भन्नु भयो । 

ddd.jpg
नेपालमा रहेका सबै उधोगहरुको बार्षिक उत्पादन ३० देखी ३२ लाख मेट्रिकटन रहेको बताउदै नेपाली बजारमा हाल बार्षिक १३ देखी १४ लाख मेट्रिकटन मात्र छड खपत हुने उहाले बताउनु भयो । नेपालले बार्षिक १५ लाख मेट्रिकटन भन्दा बढी छड निर्यात गर्न सक्दछ उहाले भन्नु भयो । आजको मुल्य ८० रुपैया केजिका हिसावले पनि नेपालले अहिलेकै अवस्थामा बार्षिक एक खर्ब २० अर्ब बराबरको छड निर्यात गर्न सक्ने उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहनु भएका उधोगी राजेश अग्रवालले बताउनु भयो । 
बजेटमा ल्याएको निर्यात नीतिअनुसार हामीले निर्यात सुरु गरेका छौ कार्यान्वयनको पाटो हेछौ उहाले भन्नु भयो । उहाले सरकारलाई कार्यबिधि अगाढी बढाएर मुर्त रुप दिन आग्रह गर्नु भयो । कुनै उधोगले लगानी थप नगरी अहिलेकै अवस्थामा एक खर्ब २० अर्ब बराबरको छड निर्यात गर्न सक्ने क्षमता छ उहाले भन्नु भयो ।

bbb.jpg
हामी कहिले लोडसेडि¨ ,कहिले विद्युत ट्रिपिङको समस्या झेल्दै आएका छौ कहिले कोरोना महामारीको सामना गरिरहेका छौ विभिन्न समस्यासँग जुध्दै आज हामी भारत निर्यात गरेका छौ यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता हो उहाले भन्नु भयो ।
कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जानकारी दिनु भयो । उधोगको प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको छ । यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्राण्ड भएको उधोगको दाबी छ । 

aaa.jpg
कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्थानीय सरकार उद्योगसँग समन्वय र सहकार्य गरेर अगाढी बढ्ने बताउनु भयो । 
पौने तीन अरब लगानी रहेको रोहिणी गाउँपालिका –३ सेमरहवास्थित श्री स्टील्स प्रालीमा ५ सय जनाले प्रत्यक्ष  रोजगार पाएका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार