दिपेश पछाई ,
भैरहवा साउन ४,/
आज देखी नेपाल बाट भारत छड निर्यात गर्न सुरु हुदै छ । रुपन्देहीको सेमरहवामा रहेको श्री स्टिल उधोग प्रालिले आप्नौ उत्पादन भारत निर्यात गर्न लागेको उधोगका संचालक राजेश अग्रवालले बताउनु भयो ।
श्री स्टिल उधागले आप्नौ उत्पादन श्री स्टिल भारत निर्यात गरे लगतै अर्घाखांची सिमेन्ट उधोगले पनि आप्नौ उत्पादन अर्धाखांची सिमेन्ट भारत निकासी गर्ने तयारीमा रहेको संचालक अग्रवालले बताउनु भयो । भारत निर्यात गर्नका लागी श्री स्टिल उधोगले उत्पादन गरेको उत्पादन भारत सरकारद्धारा गुणस्तर मापन बि आई एस उधोगले प्राप्त गरी सकेको छ ।
बजेट भाषणमा नेपाली उधोगले भारत निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने उल्लेख भएकाले सरकारको सहयोगको आशमा नोक्सान हुदा हुदै पनि नेपाली उत्पादन भारत निर्यात गर्न लागेका छौ अग्रवालले भन्नु भयो । बुधवार देखी हामी औपचारीक रुपमा भारत निर्यातको सुरुवात गर्न लागी रहेका छौ सरकारले बजेट भाषणमा उल्लेख गरे अनुसार उधोगलाई अनुदान दिने रकम समयमै उपलब्ध गराउन गर्दछ अग्रवालले भन्नु भयो ।

नेपालको ब्यापार घाटा कम गर्नका लागी हामी जोखीम मोलेर भारतीय बजारमा आप्नौ उत्पादन पठाउदै छौ सरकारले पनि उधोगलाई दिने अनुदान समयमै दिनु पर्दछ उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका अग्रवालले भन्नु भयो ।
बजेट भाषण बाट उत्साहित भएर भारत निर्यात गर्ने उधोगहरुले पछि सरकार संग पाउने अनुदानको रकम पाउन दुई तिन बर्ष पर्खिनु पर्ने अवस्था नआओस हाम्रो सरकार संग यहि आग्रह छ अग्रवालले भन्नु भयो ।
नेपालमा उत्पादीत छड भारत निकासी सुरु गरे लगतै नेपाल भारत बिचको ब्यापार घाटा कम गर्नमा केही सहयोग पुग्ने सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताउनु भयो । बर्षौ देखी भारत संग आत्मनिर्भर रहेको छड र सिमेन्ट क्रमिक रुपमा भारत निर्यात गर्न सुरु भए संगै नेपाली उत्पादन भारतीय बजारमा पुग्न सुरु भएको छ न्यौपानेले भन्नु भयो । उधोगीहरुले प्रयास गरेका छन् सरकारले साथ दिन आबस्यक छ उहाको भनाई थियो ।

सरकारले बिधुत महशुलमा सहुलियत दिने हो भने नेपालले सिमावर्ती भारतीय बजर देखी एक सय किलोमिटर टाढा सम्मको भारतीय बजार सम्म नेपाली छड र सिमेन्ट निर्यात गर्न सक्ने उधोगका संचालक राजेश अग्रवालले बताउनु भयो । भारत बाटै कच्चा पदार्थ ल्याएर नेपालमा उत्पादन गरेर पुन भारतीय बजारमानै बिक्री गर्नु ठुलो चुनौति छ अग्रवालले भन्नु भयो ।
पौने तिन अर्बको लगानीमा २०७५ साल देखी उधोगले उत्पादन गर्दै आएको छ । उधोगले बार्षिक २ लाख ४० हजार टन छड उत्पादन गर्ने क्षमता रहेको छ ।