भैरहवा साउन २/
सिद्धार्थनगर नगरपालिकाले ७ दिन गर्मी बिदा दिएको छ । अत्याधिक गर्मी भई विद्यर्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी विदा दिएको हो ।
नगरपालिकाका शिक्षा अधिकृत जानह्वी पाण्डेले जारी गरेको सूचनामा भनिएको छ–‘वर्षायामको समय भएको तर, पानी नपरेका कारण अत्याधिक गर्मी भई विद्यार्थीहरुको स्वास्थ्यमा नै प्रतिकुल असर पर्न सक्ने हुँदा वर्षे विदाबाट कट्टी गर्ने गरी २०७९/४/३ देखि २०७९/४/९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा गर्नु हुन अनुरोध छ ।’