भैरहवा।रुपन्देही लीलाराम माध्यमिक विद्यालयले भैरहवामा विजय र्याली निकालेको छ ।
मंगलबार सम्पन्न सिद्धार्थनगर नगरपालिका नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सार्वधिक पदक ल्याई शिल्ड प्राप्त गरेको खुशीयालीमा विजय ¥याली निकालेको हो ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा नगर भित्रका २० विद्यालयलाई पछि पार्दै लिलाराम विजेता बनेको हो । जितसँगै विद्यालयले शिक्षक, सहभागी विद्यार्थी, अफिसियल, विद्यालय व्यवस्थापन समिति र शुभेच्छुक सहित विद्यालय परिसरबाट विजय र्याली निकाली नगरको परिक्रमा गरेको थियो । प्रतियोगितामा विद्यालयले ८ वटा स्वर्ण, ३ कास्य र ३ रजत गरि १४ वटा पदक जित्न सफल भएको छ ।

४०० मिटर छात्र तर्र्फ खमर कुमार महतो र छात्रा तर्फ अस्मिता यादवले, १५०० मिटर छात्र तर्र्फ मनोहरलाल घर्तीले, हाइ जम्प छात्रा तर्फ अस्मिता यादवले, कपर्दी छात्रा तर्फ स्वर्ण, तेक्वान्दो ५१ किलो छात्र तर्फ श्रीकान्त गुप्ताल, ३००० मिटर छात्र तर्फ अनुप श्रेष्ठले, ४४ किलो छात्रा तर्फ बिदिशा चौधरीले र ४६ किलो छात्रा तर्फ अनु श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका थिए । यस्तै रजत तर्फ अनु महतोले, ३००० मिटर छात्रा तर्फ अस्मिता यादवले र ४×४०० मिटर रिले छात्र तर्फ रजत जितेको थियो । कास्य तर्फ ८०० मिटर छात्र तर्फ रवीन्द्र कोइरीले, ५१ किलो छात्र तर्फ रितेश खत्रीले र कपर्दी छात्र तर्फ कास्य पद जितेको थियो ।
