Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

लुम्बिनी साँस्कृतिक नगरपालिकाको नवौं नगर सभा दोस्रो बैठक सम्पन्न ।


  • लुम्बिनी चिन्तन
  • आषाढ ३१, २०७९ शुक्रवार
  • 646
    SHARES

लुम्बिनी साँस्कृतिक नगरपालिकाको नवौं नगर सभा दोस्रो बैठक सम्पन्न ।


दिनेश प्रसाद लोध , लुम्बिनी असार ३१/
लुम्बिनी साँस्कृतिक नगरपालिकाको नवौं नगर सभा दोस्रो बैठक सम्पन्न भएको छ । 
लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्दीन मुसलमानको अध्यक्षतामा बसेको सभामा उप–प्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना हरिजनले आ.ब. २०७९÷०८०को प्रस्तावित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । 
नगरसभामा प्रस्तुत बजेट नगरसभाले पारीत गरेको नगरपालीकाका प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेयले बताउनु भयो । नगर सभामा उपप्रमुख हरिजनले आ.ब. २०७९÷०८० मा संघबाट समानीकरण अनुदान तर्फ बीस करोड सात लाख , शसर्त अनुदान तर्फ तेतिस करोड बाह्र लाख, राजस्व बाडफाड तर्फ चौध करोड एकहत्तर लाख साठी हजार , समपुरक अनुदान तर्फ एक करोड हुने अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । 

luuuuuu.jpg
त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट समानीकरण अनुदान तर्फ रु एक करोड तेह्र लाख छियालिस हजार , शसर्त अनुदान तर्फ एक करोड दश लाख मात्र र राजश्व तर्पm एक करोड तेइस लाख एक हजार हुने अनुमान गरिएको छ । 
नगरपालिकाको आन्तिरक श्रोत तर्पm दुई करोड मात्र हुुने अनुमान गरेको छन् । प्रदेश सरकार समपुरक अनुदान दुई करोड मात्र विशेष अनुदान तर्फ सत्तरी लाख मात्र हुने अनुमान गरिएको छ । 
साथै गत बर्ष आ.ब. को अल्या बैंक मौज्दात दश करोड संशोधन हुन सक्ने सडक बोर्ड तर्पm चालिस लाख मात्र गरी जम्मा एकानब्बे करोड उनानब्बे लाख सात हजार मात्र विनियोजन गरेको छ ।
जस मध्ये प्रशासनिक खर्च तर्फ सशर्त अनुदान बाहेक सोह्र करोड पन्चानब्बे लाख सतसठ्ठी हजार मात्र र पुजिगत तथा चालु खर्च सशर्त समपुरक र विशेष अनुदान समेत वडा कार्यालय विषयगत शाखा तथा नगरपालिकाको दायित्व समेत चौहत्तर करोड त्रियानब्बे लाख चालिस हजार मा विनियोजन गरेको छ ।
नगरसभामा वडानं १का अध्यक्ष सुरज कलवार , वडा नं २का अध्यक्ष इनामुल्लाह फकीर वडा नं. ३ का अध्यक्ष अक्रमुद्दिन मुसलमान ,वडा नं ४ का अध्यक्ष बिनोद कुमार श्रीवास्तव , वडा नं. ५ का अध्यक्ष खुर्सेद अलाम, वडा नं. ६ का अध्यक्ष नैमुलहक मुसालमान , वडा नं ७ का अध्यक्ष धु्रप यादव , वडा नं. ८ का अध्यक्ष राजेन्द्र जैसवाल, वडानं. ९ का अध्यक्ष कमाल अख्तार फकिर , वडा नं. १० का अध्यक्ष विनोद कहाँर , वडा नं. ११ का अध्यक्ष अक्रामुद्दिन मुसलमान , वडा नं. १२ का अध्यक्ष हरिकेश लोध र वडा नं. १३ का अध्यक्ष सईद मोहम्मद मुसलमान सहित सम्पुर्ण नगर सभाका सदस्यहरु, शाखाका प्रमुखहरु संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।  
कार्यक्रम जनस्वास्थ्य अधिकृत धुर्व राज घिमिरेको संचालन तथा वडानं २ का वडाअध्यक्ष ईनामुल्ला फकिरको स्वागतमा सम्पन्न भएको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार