Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

लुम्बिनी ईटा उद्योग व्यवसायी संघको २३ औ साधारण सभा, ईटा उद्योगलाई संरक्षण गर्न आग्रह


  • लुम्बिनी चिन्तन
  • आषाढ २८, २०७९ मंगलवार
  • 404
    SHARES

लुम्बिनी ईटा उद्योग व्यवसायी संघको २३ औ साधारण सभा, ईटा उद्योगलाई संरक्षण गर्न आग्रह

भैरहवा असार २७/
ईटा उद्योगीहरुले उध्योगहरुलाइ धराशायी हुनबाट जोगाउन र यसको संरक्षणका लागि स्थानीय, प्रदेश र नेपाल सरकारका समक्ष आग्रह गरेका छन । भैरहवामा सोमबार सम्पन्न लुम्बिनी इटा उध्योग ब्यवसायी संघको २३ औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेशनमा बोल्ने कार्यक्रमका वक्ताहरुले इटा उध्योगहरु बन्द हुने जोखिम सम्म पुगेको हुद सरकारलाइ संरक्षणको लागि आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी इटा उध्योग ब्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेले गतवर्ष मंसीर देखि माघ महिना सम्म पटक पटक परेको बेमौषमी बर्षाका कारण बृहत परिमाणमा तयारी अवस्थामा राखिएको काचो ईटा गलेर नष्ट हुदाँ उच्चोगीहरुलाई ठूलो नोक्सानी परेको र कतिपय उद्योग बन्द भएको अवस्था आएको बताए । उनले काचो इटाको लागि पटक पटक बीमाको लागि आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको गुनासो गरे । यसको साथै कोविड १९ को सन्त्रासले पटक पटक जारी भएको लकडाउन महामारीको संत्रासका कारण भारतीय तथा स्वदेशी श्रमिकहरु पर्याप्त संख्यामा उद्योगमा नआउँदा र श्रमिक अभावका कारण उद्योग सहज ढंगले सचालन हुन नसकेको अवस्था सृजना भएको घिमिरेले बताए ।

रुपन्देही इटामा आत्मनिर्भर रहेको बताउदै उनले ईटा उत्पादनका लागि भारत लगायत तेश्रो मुलुकहरुबाट आयत गरि ल्याईने कोइलाको हाल अन्तराष्ट्रिय बजारमा भएको अभाव र हाल शतप्रतिशतले भएको मुल्यवृद्धीले पनि उध्योगहरु संकटमा परेका छन । साथै अन्य पट्रोलियम पदार्थहरुको मूल्यमा अत्याधिक वृद्धिका कारण ईटाको उत्पादनलागतमा करीव ४० देखि ५० प्रतिशत सम्म हुनु र देशको वर्तमान आर्थिक परिवेशले ईटामा मागमा कमी आउदा हाल अधिराज्य भरिका सम्पूर्ण उद्योगहरु संकटग्रस्त भएको घिमिरेले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल इटा उध्योग ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष शंकर बहादुर चन्दले इटा ब्यवसायीका समस्या समाधान गर्न सर्वप्रथम ब्यवसायीहरु नै एकजुट हुनु पर्ने बताए । नेपालका इटा ब्यवसायीहरु सामाजिक सुरक्षा कोषमा जानु हितकर रहेको उनले बताए । तर यसको लागि भारतिय कामदारलाइ कसरी सम्बोधन गर्ने बिषयमा पनि सरकारले सम्बोधन गर्नु पर्ने बताए । उनले भारतिय मजदुरलाइ सम्बोधन नगरी जबरजस्ती सामाजिक सुरक्षा कोष लाद्न खोजे यसको बिरोधमा आन्दोलनको लागि समेत तयार रहन उनले ब्यवसायीहरुलाइ आग्रह गरे ।

अहिले बैंकहरुले ब्यवसायीको स्वीकृति बेगर अचाक्ली ब्याजदर बढाएको बताउदै उनले उध्योगीहरुका छाता संगठनहरुलाई यस बिरुद्द अगुवाइ गर्न समेत अनुरोध गरे । “तपाइहरु बढदो ब्याजदर बारे आन्दोलन गर्नुस इटा ब्यवसायीले यसमा सहयोग गर्नेछन ।” चन्दले भने ” देशभरबाट ८ सय बढी उध्योगीहरु तपाइको साथ रहनेछ्न, यो मेरो प्रतिवद्दता हो ।”

लुम्बिनी इटा उध्योग ब्यवसायी संघका अध्यक्ष थनेश्वर घिमिरेको अध्यक्षता, नेपाल इटा उध्योग ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्दको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा महासंघका सल्लाहकार हरि प्रसाद अधिकारी, महेन्द्र नारायण श्रेष्ठ, सिद्धार्थ उध्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उध्योग ब्यपार संगठनका अध्यक्ष अनिल ज्ञवाली, रुपन्देही उध्योग संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेल, कपिलवस्तु इटा उध्योग ब्यवसायी संघका अध्यक्ष रुप बहादुर भुषाल, लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दिपेश पछाइ लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन संघका महासचिव अजय कुमार गुप्ताले गरेका थिए ।

साधारण सभा एवम अधिवेशनको अवसर पारी संघले पत्रकार सहित संघका पुर्व अध्यक्ष, सल्लाहकार लागयत विभिन्न ब्यक्तिहरुलाइ सम्मान समेत गरेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार