Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केही विजेतालाई ट्रफिबाट उपेक्षित

पूर्वाग्राही तरिकाबाट २ विधाका विजेताहरुलाई सिल्ड दिइएनः संयाेजक बस्नेत


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २६, २०७७ बुधवार
  • 1.7K
    SHARES

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केही विजेतालाई ट्रफिबाट उपेक्षित

भैरहवा । भैरहवामा मंगलबार सम्पन्न सिद्धार्थनगर अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका केही विजेतालाई सिल्ड दिनमा बञ्चित गराइएको छ । पक्लिहवा कृषि क्याम्पस मैदान र पक्लिहवा मा.वि को खेल मैदानमा अव्यवस्थीत र पूर्वाग्राही तरिकाबाट २ विधाका विजेताहरुलाई सिल्ड प्रदान गर्नुको साटो अर्को कुनै कार्यक्रममा ट्रफी प्रदान गर्ने गरी विजेता मात्र घोसणा गरेका हुन । 
२२ गते खेल मैदान तयार गर्न आवश्यक सामाग्री उपलब्ध हुन नसक्दा प्राविधिक दिनभरी बस्नु परयो । तर मेयर स्वयमले आफनो गाडी मार्फत सामाग्री उपलब्ध गराए पछि खेल मैदान तयारी भएको थियो । २३ गते खेल संचालन गर्न आवश्यक चेस्ट नम्बर नै थिएन । अफिसियलले खेल संचालन गर्न असुविधा भयो भन्दा तेश्रो कागजमा लेखि खेलाउने भनेर व्यवस्थापनको जिम्मेबारबट जवाफ आउदा अफिसियल तयार नभएपछि कपडा टुक्रा उपलब्ध गराउनु सम्मको कार्य भैरहवामा भएको सिद्धार्थनगर अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देख्न परेको प्रतियोगिताका एथलेटिक्सका संयोजक जीवन बस्नेतले बताए ।
विधार्थीले यस्तो गर्मिमा पसिना बगाएर खेल खेले, आफनो पढाई छोडी सहभागी भए खेलहरु जीते । तर आज सम्म कहि कतै नभएको मौखीक रुपमा विजय घोषण गर्ने खेलाडीहरु पसिनाको सम्मान गनुर्को साटो उधारो ट्रफि दिने काम गरियो । भएको सबै खेलका ट्रफि न छुटाउने तर विनियोजित रुपमा छात्रा तर्फ पहिलो स्थानमा आउन सफल मनकामना स्कुलको र छात्रा तर्फको लिलाराम माविले कपर्दीमा पहिलो स्थान ल्याएको विजेतालाई ट्रफी छुटाउनु नै दुख को कुरा हो । त्यही विधाका अन्य दोस्रो र तेस्रो स्थानमा आउन सफल भएका ट्रफि नविसर्ने तर छात्रा कपर्दी र भलिवलको ट्रफि याद भएन भनि पछि दिन्छौ भन्ने काम नै गलत भएको संयोजक बस्नेतले आरोप लगाए । 
ट्रफी नै को को लाई दिने भन्ने कुरा याद नहुने, नजान्नेलाई सिद्धार्थनगर नगरपालिकाले किन खेलको जिम्मा दिएको त ? यस्तो कार्यबाट नगरपालिका र यसका जिम्मेवार ब्यÏिको स्तर बुझन सकिन्न र ? ४,५ लाख खर्च गर्ने तर २–४ हजारको ट्रफीले खेलाडी विद्यार्थीको मनोबलमा धक्का पर्ने कार्य भएको छ । यस्तो व्यवस्थापनबाट कुनै पनि पालिकामा खेल भएको छैन र राजनैतिक आधार भन्दा पनि माथी उठी खेलहरु संचालन गराउनु पर्ने समाबनिधत निकायकै दायित्व हुन्छ । संयोजक बस्नेतले भने 
यस्ता कार्यबाट नगरका विद्यार्थी तथा अभिभावकमा कस्तो छाप पर्ला ।अन्य पालिकाको हेराई कस्तो होला बुझनु पर्ने हुन्छ ।कम रकममा खेल आयोजना गर्दिन्छु भन्दा ठेककामा हुदैन भन्नेहरुलाई बढि रकममा ठेक्का दिदा पनि यस्तो हालत छ । पछि कुनै यस्तै कार्यक्रममा ट्रफी उपलब्ध गराउने छ गरे । आज भन्दा २ वर्ष पहिला पनि खेल संचालन गर्ने संयोजक बाहेक सबैलाई मायाको चिनो दिइयो र त्यसबेला पनि यस्तै भनिएकोमा आज सम्म संयोजकको मायाको चिनो बनि रहेको संयोजक बस्नेतले प्रश्न गरे ।
यता नगरपालिकाका शिक्षा प्रमुख तथा प्रतियोगिता संयोजक चेतनशील लम्सालले उमा अधिकारी र प्रकाशराजभण्डारी ज्युलाई ट्रफि ल्याउने जिम्मा दिएका थियौ, एकै पटक धेरै ल्याउदा मिस्प्लेस भएको भन्ने जानकारी आएको छ । हामी छुटेकाहरुलाई उपमेयर कप वा अन्य कुनै भव्य समारोहमा उपलब्ध गर्छौ, बुटवलबाट ल्याउनु पर्ने भएकोले तत्काल व्यवस्था गर्न ग्राह्रो भएको हो ।


लुम्बिनी चिन्तन

थप समाचार