Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रुपन्देहीका ईट्टा उधोग बन्द हुने अवस्थामा पुगे, कोईलामा भन्सार छुट दिन उधोगीहरुको माग ।


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७९ शनिवार
  • 358
    SHARES

रुपन्देहीका ईट्टा उधोग बन्द हुने अवस्थामा पुगे, कोईलामा भन्सार छुट दिन उधोगीहरुको माग ।

 

दिपेश पछाई , 
भैरहवा असार २५
रुपन्देहीमा रहेका ईट्टा उधोगहरु बन्द हुने अवस्थामा पुगेका छन् । ईट्टामा रुपन्देही आत्मनिर्भर जिल्ला रहे पनि पछिल्लो समयको आर्थिक मन्दी , कच्चा पदार्थमा अत्यधिक मुल्य बृद्धीका कारण ब्यावसायिहरु उधोग संचालन गर्न नसक्ने अवस्थामा पुगेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताउनु भयो । 
कोइलाको मूल्य बढेको र नेपालमा आयात हुने कोइला गुणस्तरहीन भएका कारण थप समस्या थपिएको उहाले बताउनु भयो । गत वर्ष प्रति मेट्रिकटन रु. २४ हजार खरिद गरिदै आएको कोइला अहिले बढेर  २९ देखि ४० हजार पुगेको छ । नेपालमा आयात हुने कोइला भारतको बिहार, रानीगंज, बंगाल, लगायतका स्थानबाट आउने गरेको गुप्ताले बताउनु भयो । 
नेपालमा अमेरिका, इण्डोनेसिया, भारतको आसामबाट आउने कोइला राम्रो मानिन्छ, तर हाल नेपालमा आयात हुने कोइला गुणस्तरहीन भएका कारण ईट्टा उत्पादनमा समेत प्रभाव परेको उधोगीहरुको गुनासो छ । ईट्टा उत्पादन गर्दा कुल लागतको ६० प्रतिशत कोइलामा खर्च हुने गर्दछ । 
प्रत्येक वर्ष बेमौसमी वर्षाका कारण उधोगीहरु करौडौंको ईट्टा नष्ट भइ नोक्सान व्यहोर्न बाध्य भैरहेको अवस्थामा कोईलामा भएको मुल्यबृद्धीले थप मारमा रहेको गुनासो छ । उधोगीहरुले कांचो ईट्टाको बीमा हुनुपर्ने माग गर्दै आएको भएता पनि उक्त माग सम्बोधन हुन सकेको छैन । 
ईट्टा उत्पादन गर्दा कुल लागतको ६० प्रतिशत कोइलामा लाग्ने गर्दछ । कोईला भारत र पाकिस्तानमा पनिे अभाव छ त्यसको प्रत्यक्ष असर अब नेपालमा पनि पर्ने गुप्ताले बताए । कोईला पछि डिजलमा भएको मुल्यबृद्धी अर्को समस्या रहेको छ । त्यसैगरी विकास निर्माण कार्यहरु अपेक्षित रुपमा सञ्चालन हुन सकेका छैन्न् । 
बिकास निमार्णको काम नहुदा  ईट्टाको माग बजारमा छैन । बजारमा देखीएको तरलता , मजदूर नपाउने समस्या, गुणस्तरहीन कोइला र डिजेलमा भएको मुल्य वृद्धि लगायतका कारण उधोगहरु संचालन गर्न कठीन अवस्थामा पुगेको महासचिव गुप्ताले बताउनु भयो । उद्योग बन्द हुन नदिनका लागि सरकार गम्भिर हुनुपर्ने र कोइला आयातमा सरकारले भन्सार छुट दिनुपर्ने गुप्ताले बताउनु भयो ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका कार्यसमिति सदस्य दीपक पौडेलले कोइलाको मूल्य बढ्नु, मजदूर लागत बढ्नु, मूल्यवृद्धि हुनु तर ईट्टाको मूल्य नबढ्नुले उद्योगी मारमा परेको बताउनु भयो ।
नेपाल ईट्टा उद्योग महासंघ लुम्बिनी प्रदेशका सदस्य धनपति पौडेलले कोइलाको मूल्य आकाशिनु, इन्धनको मूल्यमा निरन्तर मूल्यवृद्धि हुन, ग्राहकको क्रयशक्ति घट्नु जस्ता कारण ईट्टा उद्योग बन्द गर्ने अवस्थामा पुग्नुपरेको बताए । 
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अनुुसार रुपन्देहीमा हाल ४८ वटा ईट्टा उद्योग सञ्चालनमा छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २ सय सय बढी ईट्टा उद्योग सञ्चालनमा छन् । 

 

 

 


लुम्बिनी चिन्तन

थप समाचार