दिपेश पछाई
भैरहवा असार २४,
आर एम सि ग्रुप द्धारा संचालीत पाल्पा सिमेन्ट उधोगले सुक्रबार देखी आप्नौ उत्पादन तानसेन सिमेन्ट भारत निर्यात गर्न सुरु गरेको छ ।
पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको उधोगले पहिलो पटक सिमेन्ट भारत निर्यात गर्न लागेको उधोगका संचालक शेखर अग्रवालले जानकारी दिनु भयो ।
स्थानिय र राष्ट्रिय स्तरमा वजारीकरण गर्दै आएको पाल्पा सिमेण्ट इन्डष्ट्रीज लिमिटेडको तानसेन सिमेण्ट भारततर्फ निकासी सुरु गरेको उधोगका सिईओ अतुल डालमीयाले बताउनु भयो । उधोगले रुपन्देहीको सिमा नाका सुनौली बजार देखी गोरखपुर सम्म हाल १३ वटा डिलर मार्फत बिक्री सुरु गरेको उहाले बताउनु भयो ।
उधोगले उत्पादन गरेको १० प्रतिशत सिमेन्ट भारत निर्यात गर्ने सिईओ डालमीयाले बताउनु भयो । भारतीय उत्पादन संग प्रतिशप्रधा गर्नका लागी नेपाल सरकारले बिधुतमा केही छुट दिन आबस्यक रहेको उहाले बताउनु भयो ।

भारत तर्फको निकासीले आर्थिक गतिविधिलाई कृयाशिल गराउने उधोगका जनसम्पर्क प्रवन्धक जिवन निरौलाले बताउनु भयो । यसले सिमेन्ट उधोग लाई मात्र नभई सवै क्षेत्रलाई सहयोग पु¥याउने उहाले बताउनु भयो ।
नेपाल आयात मात्र गर्ने देशको सुचिमा रहेपनि सिमेन्टमा आत्मनिर्भर भइ भारत तर्फ पनि निर्यात गर्नु ठुलो उपलब्धी भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनु भयो । नेपालको ब्यापार घाटामा अब बिधुत र सिमेन्ट भारत निर्यातले केही राहत दिने उहाले बताउनु भयो ।
तानसेन सिमेन्ट भारततर्फ निकासी गर्नु गर्वको विषय भएको सुनवल नगरपालिकाको नगर प्रमुख विमला अर्यालले बताउनु भयो । सुनवलमा रहेको सिमेन्ट नेपालमा मात्रै नभई भारतमा पनि निकासी हुनु सुनवलको लागी गौरवको कुरा भएको नगर प्रमुख अर्यालको भनाई थियो ।

बेलहीया नाका भएर उधोगले सुक्रबार ७ वटा गाडी मार्फत ५१ सय बोरा सिमेन्ट भारत पठाएको उधोगका सेल्स हेड बिष्णु भट्र्रराईले बताउनु भयो । नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योगहरु संचालनमा रहेका छन ् । जसमध्ये पाल्पा सिमेन्ट इन्डष्ट्रीज सहित १५ ओटा सिमेन्ट उद्योगकले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन्। नेपालमा सिमेन्ट उद्योगहरुको वार्षिक उत्पादन क्षमता करिव २ करोड २० लाख टन रहेको विभिन्न तथ्यांकमा उल्ल्ेख छ। पाल्पा सिमेन्टले दैनिक १८ सय टन सिमेन्ट उत्पादन गर्दै आएको उधोगका सेल्स एनलाईजर अमेन्द्र श्रीवास्तवले बताउनु भयो ।
५ वर्ष पहिला स्थापित सिमेन्ट उधोगले ३ वर्ष बर्ष देखी आफनो उत्पादन सुरु गरेको हो । पाल्पा जिल्लाको माथागढी ७ रहबासमा आफ्नै चुनढुङा खानी रहेको यस उद्योगले गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ ।