दिनेश प्रसाद लोध लुम्बिनी असार २० /
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १० मा २ दिने वालमैत्री वडा कार्यक्रम तथा लैंगिक समानता र समाबेशीकरण कार्यक्रम सुरु भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १० को सहयोगमा र मायादेबी आमा समुहको आयोजकनमा कार्यक्रम सञ्चालन भएको हो ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका उप–मेयर कल्पना हरिजनको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि वडा १० का विनोद कहाँर, लुम्बिनी साँस्कृतिक नगरपालिकाका १० का महिल सदस्य तुल्सा भुसाल, दलित महिला सञ्जु पासीले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रशिक्षक महिला विकास अधिकृत विनिता शाह र सह–प्रशिक्षकका रुपमा कृषि बिकास बैंक कर्मचारी विष्णु बस्याले सहभागी महिला र किशोरीहरु वालमैत्री लैंगिक समानताको बारेमा प्रशिक्षक दिनुभएको थियो ।
मायादेवी आमा समुहले समाजमा महिला हिंसा जनचेतना कार्यक्रम, सरसफाई अभियान, महिला अभिमुखिकरण तालिम , वालमैत्री, समाजिक सहयोग जस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ ।