Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रुपन्देहीमा हतियारसहित ३ जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • आषाढ २०, २०७९ सोमवार
  • 494
    SHARES

रुपन्देहीमा हतियारसहित ३ जना पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले आईतबार राती लुम्बिनी क्षेत्रबाट हतियार सहित ३ जनालाइ पक्राउ गरेको छ ।

आईतबार राती साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेकोहो । युपी ५५ एडी ०६८४ नम्बरको मोटर साईकल शंका लागी पिछा गर्दै जाने क्रममा लुम्विनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक मोटसाईकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा भारत जिल्ला सिद्दार्थनगर बस्न  ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेद पौडेलले जानकारी दिए ।
पक्राउ परेकाहरु मध्येबाट मोटरसाईकल चालक चिनक भनिने मेदि हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोला भित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको प्रहरीको भनाई छ ।

मोटरसाईकल दुर्घटनामा परि तीनै जना घाईते भएकोले उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाईएको पौडेलले बताए ।  मोटर साईकलले ठक्कर दिएको गोरुको घटनास्थलमै मृत्यू भएको छ । निजहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भई रहेको उनले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार