दिनेश प्रसाल लोध लुम्बिनी असार १९/
लुम्बिनी बिकास कोषले दैनिक ज्यालादारीमा कामदार राखेर आईतबार देखी दानपात्रमा संकलन भएको पैसा गणना गर्न सुरु गरेको छ ।
लुम्बिनीको मायादेबी परिषर भित्र बिभिन्न स्थानमा रहेका दानपात्रको पैसा गणना गर्नका लागी आईतबार देखी ज्यालादारीमा कामदार लगाईएको लुम्बिनी बिकास कोषका कोषध्यक्ष सिद्धिचरण भट्र्रराईले जानकारी दिनु भयो ।
दैनिक ५ सय रुपैया ज्यालादारी दिने गरी १० जना बढी कामदार पैसा गणनामा खटिएका छन् । आईतबार बाट सुरु भएको गणना कार्य बिहिबार सम्म लाग्ने छ । आईतबार मायादेबी मन्दीर भित्र रहेको दान पात्रको मुचुल्का गरी सुचना केन्द्रमा ल्याएर गणना सुरु गरिएको हो ।
दानपत्र राखीएको स्थान बाट अन्यन्त्र लैजानका लागी लुम्बिनी बिकास कोषका पदाधीकारी , कोषका सुरक्षा प्रमुख , नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रतीनिधी , लुम्बिनी सांस्कृतीक नगरपालीकाका प्रतिनीधीको रोहवरमा उठाउने गरीएको लुम्बिनी बिकास कोषका सुरक्षा अधिकृत खगेन्द्र काप्लेले जानकारी दिनु भयो ।
लुम्बिनी बिकास कोषले लुम्बिनीमा आउने तिर्थयात्रीहरुलाई मध्यनजर गरेर मायादेबी मन्दीर परिषर भित्र , बाहीर , अशोक स्तम्भ छेउ गरी चार स्थानमा दानपात्र राख्ने गर्दछ । जेठ २ गते बुद्धजयन्त्री पछि कोषले आईतबार दानपात्र खोलेको हो । कोभिड भन्दा अगाडी पर्यटक चहलपहल भएको समयमा दानपात्र खोल्दा करीब ३५ लाख रुपैया सम्म रकम जम्मा हुने लुम्बिनी बिकास कोषले जनाएको छ ।
कोषको मुख्य आम्दानीका रुपमा रहेको यो रकम आन्तरीक श्रोत बाट भर्ना भएका कर्मचारीलाई तलब भुक्तानी गर्ने लगायतका काममा खर्च गर्ने लुम्बिनी बिकास कोषले जनाएको छ ।