दिनेश प्रसाद लोध, लुम्बिनी असार १९,/
लुम्बिनीको बिषयमा सहि सुचना प्रवाह गरी पर्यटन बसाई लम्ब्याउने उद्देश्यले प्रदान गरिएको टुरिष्ट गाईड तालिम सम्पन्न भएको छ ।
पर्यटन पर्वद्धन गरी लुम्बिनी बासीको जिवन स्तर उकास्नका लागि तालिम सञ्चालन गरिएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताउनु भयो ।
पर्यटन डिविजन कार्यालय भैरहवाको अयोजना तथा लुम्बिनी होटल संघको समन्वयमा लुम्बिनीमा ५ दिने टुरिष्ट गाईड र लुम्बिनी क्षेत्रको माटो र पानी प्रयोग गरी बुद्धको मुर्ति बनाउने सञ्चालन गरिएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै पर्यटन ग्रामीण शहरी बिकास मन्त्रालय लुम्बिनी प्रदेशका डिल्ली बहादुर चौधरीले तालीम फलदायी हुनेमा बिश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा पर्यटन बिकास परिषद लुम्बिनी प्रदेशका सिओ राम जोशी , पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति प्रसाद पाण्डेय लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
पाँच दिनको तालिममा लुम्बिनी पथ प्रर्दशक पेशाको भविष्य र सम्भावना , बौद्ध पर्यटन र बृहत्तर बारेमा , लुम्बिनी भम्रणमा आउने तीर्थयात्री र पर्यटनलाई के देखाउने कसरी बुझाउने, पर्यटनहरु के खोज्छन , के चाहन्छ , लुम्बिनीलाई कसरी पथ प्रर्दशन गर्ने भन्ने बिषयमा प्रशिक्षकहरु हेम बहादुर बिष्ट , लीला मणी शर्मा , हरिध्वज राई, वसन्त विडारी, निर बहादुर ले टुरिष्ट गाईड तालिमको प्रशिक्षण दिनुभएको थियो । सो क्रममा सहभागीहरुले माटोको मुर्तिहरु बनाई र विभिन्न ठाँउको धर्मीक स्थलहरु पानीहरुको ब्राण्डको नमुना र मुर्तिहरु अवलोक गर्नु भएको थियो ।