Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

गुणस्तरिय शिक्षाका लागी लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा बिद्यालयहरुमा अनुगमन तिब्र


  • लुम्बिनी चिन्तन
  • आषाढ १५, २०७९ बुधवार
  • 522
    SHARES

गुणस्तरिय शिक्षाका लागी लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा बिद्यालयहरुमा अनुगमन तिब्र


दिनेश प्रसाद लोध ,
लुम्बिनी असार १३,
लुम्बिनी साँस्कृतिक नगरपालिकाले बिद्यालयहरुमा अनुगमन तिब्र गरेको छ । २०७८÷२०७९ सालको नगर स्तरीय परीक्षा कक्षा ८ परिक्षामा १२ प्रतिशत विद्यार्थी उर्तिण भए पछि शिक्षाको गुणस्तर धुसार गर्न नगरपालीकाले अनुगमनलाई तिब्रता दिएको हो । 
विद्यालयहरुमा रहेको कमी कमी कमजोरीहरु सुर्धान र शैक्षिक गुणस्तर बढाई थप प्रभावकारी ढगंले लैजाने भनि लुम्बिनी साँस्कृतिक नगरपालिकाको उप प्रमुख कल्पना हरीजनले नगर भित्रका समुदायिक विद्यालयहरुमा छडके अनुगमन गर्नु भएको छ । 
अनुगमनको क्रममा विभिन्न कक्षाकोठामा देखीएको फोहोर ब्यावस्थापनलाई प्राथमिकतामा राख्न चेतावनी दिईएको छ । त्यसैगरी  विद्यालयमा पियन हुदाँ हुदै पनि कक्षाकोठा सफा नरहेको भेटिएपछि काममा कडाई गर्न बिध्यालयलाई सचेत गराईएको छ  । 
नगरपालिका भित्र अशिकंश शिक्षक शिक्षिकहरु नियमीत कक्षा कोठामा नपुग्ने गरेको पाईएपछि त्यसलाई कडाईका साथ पालना गर्न निर्देशन दिएको छ । बिध्यालयमा लगनशीलता अभैm नदिएकोले यसलाई सुधार गरी सरसफाईमा बिशेष ध्यान दिनुपर्ने  उप प्रमुख हरिजनले बताउनुभयो । 
अबको क्रममा शिक्षा क्षेत्रमा नगरपालिका वाट बेला बेलामा अनुगमन गरी शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो । 

 


लुम्बिनी चिन्तन

थप समाचार