दिनेश प्रसाद लोध,
लुम्बिनी असार १५,/
लुम्बिनीमा टुरिष्ट गाईड तालिम सुरु भएको छ । लुम्बिनी क्षेत्रको सहि सुचना प्रवाह गरी पर्यटनको बसाई लम्ब्याउनका लागी लुम्बिनीमा पांच दिने तालिम आयोजना गरिएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिनु भयो ।
पर्यटन डिविजन कार्यालयका रुपन्देहीको आयोजना र लुम्बिनी होटल संघको संयोजनमा तालिम सुरु भएको हो । पर्यटन पर्वद्धनमा सहयोग पुराउनुका साथै लुम्बिनी बासीको जिवन स्तर उकास्नका लागि सञ्चालन तालिमले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास लिएको छ ।
उद्धघाटन कार्यक्रम लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीको अध्यक्षता तथा कार्यक्रममा पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय बुटवल माननिय राज्य मन्त्री रिना नेपालको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
पर्यटन डिभिजन कार्यालय भैरहवाको अयोजनामा सुरु भएको ५ दिने टुरिष्ट गाईड, तालिममा लुम्बिनी क्षेत्रको माटो र पानी प्रयोग गरेर पर्यटकलाई उपहार दिने बुद्धको मुर्ति बनाउने तालिम पनि प्रदान गरीने छ ।
कार्यक्रममा पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय बुटवल माननिय राज्य मन्त्री रिना नेपाल , लुम्बिनी साँस्कृतिक नगरपालिका उप प्रमुख कल्पना हरिजन , नेपाल पर्यटन परिषद लुम्बिनी प्रदेश कार्यकारी निर्देशक रामु जोशी, पर्यटन डिविजन कार्यालयका डिविजन प्रमुख मुक्ति प्रसाद पाण्डेय , लगायतले छुटा छुटै मनतब्य राख्नु भएको थियो ।
टुर गार्ईड तालिमले लुम्बिनी, तिलौराकोट, निगलिहवा, रामग्रामको बारे पर्यटनको बसाई लम्ब्याउन र ति धार्मिक स्थलहरुको बारे सहि सुचना अदान प्रदान गरि पर्यटनहरु अवलोकन र घुमाउन सक्षम बनाउने अपेक्षा राखिएको छ ।
लुम्बिनी भित्रका माटो र पानी मिसाई बिभिन्न किसिमका मुर्ति बनाएर आउने पर्यटनहरुलाई बेचेर अन्र्तराष्ट्रिय बजार सम्म पु¥याउने गरेमा त्यहाँका स्थानिय बासीहरुमा पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने गरी माटोको बुद्ध मुर्तिहरुको तालिम पनि दिन लागेको हो ।
टुरिष्ट तालिममा ३० जना र बुद्धको मुर्ति बनाउने तालिममा १५ जना परिक्षार्थीहरु सहभागी छन् । कार्यक्रम होटल संघका बरिष्ठ उपाध्यक्ष लिलमणी शर्माको संचालनमा सम्पन्न भएको थियो ।