Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

दुम्कीबासमा दुई प्रसारण टावर बनाउन बाटो खुल्यो


  • लुम्बिनी चिन्तन
  • आषाढ १२, २०७९ आइतवार
  • 240
    SHARES

दुम्कीबासमा दुई प्रसारण टावर बनाउन बाटो खुल्यो

१२ असार, काठमाडौं ।

सर्वोच्च अदालतले भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको मुआब्जासम्बन्धी मुद्दा टुंगो लगाएको छ । स्थानीयबासीले प्रसारणलाइन आयोजना अन्तरगतको टावर राख्न अवरोध गर्दै दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ ।

अन्तिम चरणमा पुगेको आयोजनाको दुई वटा टावर रहने जग्गाबारे विवाद छ । सर्वोच्च अदालतले सो मुद्दाको पेशी तोक्दै सार्दै आएकोमा आइतबार निर्देशनात्मक आदेश सहित उत्प्रषणमार्फत रिट खारेज गरेको हो ।

न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढंगनाको संयुक्त इजलासले गरेको फैसलाले डेढ वर्षदेखि रोएकिो आयोजनाले पूर्णता पाउने बाटो खुलेको छ ।

यो आयोजनाको निर्माण २०७७ चैतबाट ठप्प छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले स्थानीयको माग बमोजिम गत २५ चैतमा अन्तरिम आदेश जारी गरेका कारण काम रोकिएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार