भैरहवा, ११ असार ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा सिनियर तह निबन्ध लेखन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । भैरहवास्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा छात्रतर्फ आदर्श विद्या मन्दिरका विवेक थापा प्रथम, यूनिक होम्स इङलिस बोर्डिङ स्कूलका अल्ताफ अली अन्सारी द्वितीय, लुम्बिनी शिक्षा निकेतनका अमन कुमार यादव तृतीय र नेपाल नालन्दा मा.वि.का सुसन कंडेल सान्त्वना भएको कार्यक्रम संयोजक समसाद इद्रिसीले बताए ।
त्यस्तै छात्रातर्फ मिनर्वा इङलिस हाई स्कूलकी शारदा यादव प्रथम, एभरग्रीन प्यासिफिक इङलिस बोर्डिङ स्कूलकी कल्पना चाई द्वितीय, श्री लुम्बिनी सिर्जना इङलिस बोर्डिङ स्कूलकी अंशिका जयसवाल तृतीय र लुम्बिनी शिक्षा निकेतनकी सुप्रिया मिश्रा सान्तवना भएको सामूहिक विद्यालय परिवारले जनाएको छ ।
परिवारका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीको प्रमुख आतिथ्यता, परिवारका उपाध्यक्ष युवराज पोख्रेलको स्वागत तथा सचिव सिर्जना पाठकको सञ्चालनमा सम्पन्न कार्यक्रममा परिवारका पूर्वअध्यक्ष राजकुमार गुरुङ, बसन्त पाण्डे र महेश भुर्तेलले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको निर्णायकमा शिक्षाविद् बालकृष्ण भट्टराई तथा सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई रहेका थिए ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीमा १८ वटा विद्यालय आबद्ध छन् ।