भैरहवा असार १०,
सेन्चुरी कर्मसियल बैक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बिच कर्मचारी तथा ग्राहकहरुको उपचार सेवाका बिषयमा सम्झौता भएको छ ।
सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्ध निर्देशक अजुर्न पौडेल र बैकका शाखा प्रमुख प्रकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बैकमा आबद्ध भिषा डेबिड र भिषा क्रिेडिट कार्ड होल्डर ग्राहकहरु तथा बैकका कर्मचारीहरुलाई सिट िअस्पतालमा उपचारका लागी आउदा बिषेस छुट दिने सहमती भएको छ ।
ओपिडि टिकट , ल्याब ईष्भेटिगेसन , एक्सरे , भिडियो एक्सरे , बेड चार्ज जनरल , फिजिओ थेरापीमा १० प्रतिशत ,र बेडचार्ज क्याबिनमा ५ प्रतिशत छुट दिने सम्झौतापत्रमा उल्लेख गरीएको छ ।
बैकका कर्मचारी तथा ग्राहकहरुले सेवा सुबिधा लिनका लागी बिधुतिय सेवा प्रयोग गर्नु पर्ने सम्झौता पत्रमा उल्लेख छ ।