Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

सबै मिलेर संकटको सामना गरौंः गृहमन्त्री खाँण


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०७९ शुक्रवार
  • 234
    SHARES

सबै मिलेर संकटको सामना गरौंः गृहमन्त्री खाँण

भैरहवा असार १०.

गृहमन्त्री बालकृष्ण खाँणले अहिले देखा परेको आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको शुक्रवार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाँणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि प्रधानमन्त्री र अर्थमन्त्री पनि सकारात्मक रहेको उनले बताए ।

‘निजी क्षेत्रका व्यवसायी प्रतिपक्षी होइनन्, व्यवसायी डुबे भने सरकार पनि डुब्छ’, गृहमन्त्री खाँणले भने, ‘त्यसैले सरकार र निजी क्षेत्र एकआपसमा आरोप–प्रत्यारोपमा भन्दा अहिलेको आर्थिक संकटलाई कसरी पार लगाउने ? भन्नेमा लाग्नु पर्छ ।’ नेपालमामात्र नभएर अहिलेको आर्थिक संकट अन्तर्राष्ट्रिय जगतमैं आएको उनले बताए ।

 लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका ३७ वटा जिल्ला तथा नगर बाणिज्य संघहरु, १ सय ३१ एसोसिएट गरि करिब ३ सय जनाको सहभागीता रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आर्थिक समस्या र सरकारको असहयोगको बारेमा कुरा उठाएका थिए ।

सभामा बोल्ने उद्योगी ब्यवसायीहरुले अहिले देशमा देखिएको आर्थिक समस्या ईतिहासकै सबै भन्दा ठूलो समस्या भएको बताए । उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले अहिले आर्थिक गतिविधि सुस्त रहेको जिकिर गर्दै यस्तो अवश्थामा ८ प्रतिशत बिकास वृद्धि दर राखेर आएको बजेट निजि क्षेत्रले विस्वास गर्न नसकेको बताए । उनले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको कारण बहुपक्षिय समस्या निम्त्याएको बताए ।

सरकारद्वारा एकै प्रकृतिको उद्योगमा अलग अलग करको दर कायम गरेको, कच्चा पदार्थमा अन्तःशुल्क असुल गरेको लगायतको आरोप लगाउदै सरकारले आर्थिक अवश्था सुधारको पक्षमा लाग्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रदेश भित्र रहेका उद्योगी ब्यवसायीलाई जिम्मेवार र उत्तरदायीत्व सहितको ब्यवसाय गर्न उत्प्रेरित गरिने बताए । उनले प्रदेशलाई आर्थिक, सांस्कृतिक रुपमा समुन्नत बनाउन ब्यवसायी तत्पर रहेको र यस अभियानलाई सफल पार्न केन्द्र, प्रदेश र स्थानिय सरकार र निजि क्षेत्र बिच हातेमालो आवश्यक रहेको औल्याए ।

प्रदेश सभालाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको गम्भिर अवश्था पार पाउन सबै हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए । संकटको समयमा उद्योगी ब्यवसायीहरुले पनि सरकारलाई सहयोग गर्नु पर्ने उनले जिकिर गरे । सरकार र यसका निकायहरु सञ्चालनका लागी रकमको आवश्यकता पर्ने र उक्त रकम राजस्व जस्ता श्रोतबाट आउने भएकोले अहिलेको जटिल अवश्थामा सरकारलाई सहयोग गर्न उनले ब्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, नेपाल उद्योग बाणिन्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सिद्धार्थनर नगर पालिकाका प्रमुख ईश्तियाक अहमद खाँन लगायतले लगायतले बोल्दै उधोगी ब्यावसायिहरुको समस्या सम्बोधनका लागी सरकार जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार