दिनेश प्रसाद लोध
लुम्बिनी असार ७
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी पर्सा चोकमा मुल्यबृद्बिका विरुद्ध जनमत पाटीले प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकमा कार्यकर्ता सडकमा जम्मा भई टायर बाली यातायातका साधनलाई रोकि नाराबाजी गरेका थिए । विरोध प्रदर्शन क्रममा पहरी आगो निभाउन जाँदा झडप समेत भएको थियो । बिरोध प्रदर्शनमा मूल्य वृद्धि फिर्ता गर । गठबंधन सरकारले मुर्दावाद । देउवा सरकार मुर्दाबाद । जनता माथिको अत्याचार बन्द गर बन्द गर ।असछम सरकार चहिदैन, जनता लुट्न पाइदैन ।
नेपाल सरकार खबरदार पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर जस्ता पेले कार्ड लिएर नाराबाजी गर्दै सडक अबरुद्ध गरेका थिए।
प्रदर्शनमा केन्द्रीय नेता विनोद पासवान, चन्द्र शेखर सोनार , विकास प्रसाद लोध,ले आफ्नो मन्तब्य राखेको थिए। त्यसैगरी केन्द्रीय सदस्य निलम पासवान ,राम केश गुप्ता, लुम्बिनी साँस्कृतिक नगरपालिका मेयर प्रत्यासी चन्द्र केश गुप्ता , गैडहवा गाउँ पालिका अध्यक्ष प्रत्यासी राम देव यादव ले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नलिएमा समयमा मल खाँद उपलब्ध गराउएन भने अझै ससक्त अन्दोलन गर्ने बताए । विरोध प्रदर्शनमा जन मत पाटी का नेता कार्यकर्ता हरुको उपस्थित रहेका थियो।