Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देहीको भैरहवामा प्रहरी प्रवक्तामाथि आक्रमण,


  • लुम्बिनी चिन्तन
  • आषाढ ७, २०७९ मंगलवार
  • 188
    SHARES

रुपन्देहीको भैरहवामा प्रहरी प्रवक्तामाथि आक्रमण,

लुम्बिनी असार ७,

भैरहवा स्थित बालसुधार गृहमा रहेका बालक तथा किशोर र प्रहरीबीच झडप भएको छ । बाल सुधार गृह भैरहवामा क्षमता भन्दाबढी बालक र किशोरहरु भएपछि उनीहरु मध्ये केहीलाई सुधार गृहबाट सार्ने प्रयास गर्दा उनीहरु प्रहरी माथि जाइलागेका हुन् ।

बाल सुधारमा रहेका बालक तथा किशोरहरुको आक्रमणबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेल घाइते भएका छन् । ठाउमा चोट लागेका प्रवक्ता पौडेललाई अस्पताल भर्ना गरिएको छ । सुधार गृहमा रहेका बालक तथा किशोरले सुधार गृहको ताला लगाएर भित्र बसेका छन् । प्रहरीले भने गेट खोल्न आग्रह गरेको छ ।

उनीहरुको विरोध रोक्नका लागि प्रहरीले पानीको फोहोरा हानेको छ । ६० जनाको क्षमतामा १०६ जना बालक तथा किशोरहरु रहेका छन् । अहिले बाल सुधार गृहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार