Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

सिद्धार्थ उद्योग वाणिज्यय संघमा उत्पत्ति प्रमाणपत्र सम्बन्धि दुई दिने तालिम


  • लुम्बिनी चिन्तन
  • आषाढ २, २०७९ बिहिवार
  • 220
    SHARES

सिद्धार्थ उद्योग वाणिज्यय संघमा उत्पत्ति प्रमाणपत्र सम्बन्धि दुई दिने तालिम

भैरहवा असार २,
सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देही तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा  निकासीकर्ता उद्योगिहरूलाई लक्षित गरी उत्पत्ति प्रमाण पत्र जारी सम्बन्धि अनलाईन प्रक्रियावारे दुई दिने तालिम संचालन गरिएको छ ।

तालिमको समुद्घाटन कार्यक्रम संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । निकासी कर्ता उद्योगहरूलाई अनलाईन प्रक्रियावारे जानकारी दिने उद्देश्यले उद्योग वाणिज्य महासंघसंग समन्वय गरी तालिम प्रदान गरिएको र यसबाट उद्योगीहरुलाई सहज हुने बताउनु भएको थियो  । महासचिव बिजय पाण्डेले उपस्थित सबैर्ला स्वागत गर्द आफुले सिकेका सिकाईलाई ब्यवाहरमा प्रयोग गरी फाईदा लिनुपर्ने बताउनु भएको थियो ।

उक्त दुई दिने तालिममा निकासी गर्ने उद्योगहको तर्फबाट उत्पत्ति प्रमाणपात्र हेर्ने ३५ जना प्रशिक्षार्थीरूको सहभागिता रहेको थियो  । कार्यकारी सचिव आनन्द खनालको  संचालनमा भएको  समुद्घाटन कार्यक्रममा संघका पधादिकारी, कार्यसमिति सदस्यज्यूहरूको सहभागिता रहेको थियो भने तालिममा प्रशिक्षण नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ अधिकृत तथा इन्जिीनियर मिलब श्रेष्ठले दिनु भएको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार