दिनेश प्रसाद लोध
लुम्बिनी असार २,
लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र सरकारी बिध्यालयको शैक्षिक अवास्था सुधार गर्न नगरपालीकाले शिक्षकहरुलाई आग्रह गरेको छ । बिभिन्न प्रयासका बिच पनि शिक्षामा सुधार नआएपछि नगरपालीकाले चालु शैक्षिक सत्रमा कडा कदम चाल्ने चेतावनी दिएको छ ।
नगर भित्र रहेका बिध्यालयहरुको कक्षा ८ को नगरस्तरिय परिक्षामा १२ प्रतिशत मात्र विद्यार्थीहरु उर्तिण भएपछि नगरपालीकाको शिक्षा शाखाले बिध्यालयहरुलाई शैक्षिक गुणस्तर सुधार गर्न चेतावनी दिएको हो ।
कक्षा ८ को परिक्षामा कतिपय बिध्यालयले बिध्याथी उत्तिर्ण गराउन पनि सकेका छैन्न् ।का थिए । न्युन विद्यार्थीहरु उर्तिण भएका कुनै विद्यालयहरुमा सबै बिध्यार्थी फेल छन् । विद्यालयका प्रधानाध्यपकहरुले कक्षा ८ नतिजा निराशा जनक आएपछि कक्षा ९ सञचालनमा कठिनाई परेको बताए । नतिजा निराशा जनक आएपछि प्रधानाध्यपकहरुले विद्यार्थीहरुलाई परिक्षा उर्तिण गराई दिन र न्युनतम ग्रेड बुद्धि गरि उर्तिण गराइदिने नगर प्रमुख सजरुददीन मुसलमान समक्ष ज्ञापन पत्र समेत बुझाएको थिए ।
नगरपालिकाको प्रमुख प्रशसकिय अधिकृत भुपेन्द्र पाण्डेय को अनुसार नगर स्तरीय कक्षा ८ को परीक्षा यस बर्षको शैक्षिक सत्रमा कुल परिक्षामध्ये १२ प्रतिशतमात्र उत्तिर्ण भएको र विभिन्न विद्यालयहरुका प्रधानाध्यपकहरुको ज्ञापन पत्रलाई सम्बोधन गर्दै यस शैक्षिक सत्रमा नगर स्तरीय कक्षा ८ को परीक्षामा सहभागी भएका सबै विद्यार्थीहरुलाई उर्तिण हुने गरी नगरपालिकावाट निर्णय भएको बताए ।
अबको दिनहरुमा शिक्षा क्षेत्रलाई थपप्रभावकारी बनाउनाका लागि नगर पलिकाले ठोस कदम चाल्ने प्रमुख प्रशसकिय अधिकृत भुपेन्द्र पाण्डेयले जानकारी दिए ।