भैरहवा असार १,
बुधवार देखी भैरहवामा बैदेशिक रोजगार ब्यावस्थापन शाखा खुलेको छ । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आए संगै श्रम स्विकृतीका लागी काठमाण्डौ जानु पर्ने बाध्यतालाई हटाउनका लागी भैरहवामा यो कार्यालय खुल्नु आबस्यक थियो ।
यस अगाडी रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले असार १ गते कायाएलय खोल्ने घोषणा गरेका थिए । यो कार्यालय खुले संगै विदेश जानेहरुका लागि पूर्व श्रम स्विकृति, अन्तिम श्रम स्विकृति र व्यक्तिगत श्रम स्विकृतिको काम गर्न काठमोण्डौ जानै पर्ने अबस्थाको अन्त्य भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले बताए ।
बुधबार बैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले ईमान्दारीताका साथ काम गर्न निर्देशन दिए । सर्बसाधारणलाई ठगी गरेर बिदेश बसेर सुरक्षीत हुन्छु भनी नसोच्न मन्त्री श्रेष्ठले मेनपावर कम्पनीका संचालनकहरुलाई चेतावनी दिए । अब भैरहवामा पनि कार्यालय खोल्नुहोस मन्त्री श्रेष्ठले म्यानपावर ब्यावसायिहरुलाई भने ।
मन्त्री श्रेष्ठले कतार जाने अस्कर अली मियाको श्रम स्विकृति गरेर कार्यालय सुचारु गरेका थिए । विदेश जाने व्यक्तिलाई सिप सिकाउनको लागि आगामी बजेट मार्फत सातै प्रदेशमा सिप मुलक तालिमको कार्यक्रम ल्याउन लागिएको उनले बताए ।
नेपाली काग्रेसका सांसद प्रमोद यादवले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो छरितो ढ.गबाट गर्नका लागी आबस्यक अन्य कार्यालयहरु छन् भने पनि समन्वय गरेर छिटो संचालनमा ल्याउन आग्रह गरे ।
कार्यक्रममा सिदार्थनगर उधोग बाणिज्य संघका कार्यबहाक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवाबासीको वर्षौ देखिको सपना पूरा गर्न कामको सुरुवात भएको बताए । कार्यालय खुले संगै यसको सेवा सुबिधालाई प्राथमिकता दिएर काम गर्न प्रदेश साम्सद अष्ठभुजा पाठकले आग्रह गरे । गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल संचालन संगै कार्यालयको स्थापनाले भैरहवा नेपालको मुख्य शहरको रुपमा बिकसीत भएको सिदार्थनगर नगरपालीकाका मेयर ईस्तियाक अहमद खांनले बताए ।
कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउनको लागि मेनपावर कम्पनी पनि आश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।
प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकोले सरकारले सुविधा दिएमा भैरहवामा मेनपावर कार्यालयहरु खोल्न तयार हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए ।