Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रथम राष्ट्रपति कप रनिङ शिल्ड लिलारामलाई


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २६, २०७७ बुधवार
  • 1.5K
    SHARES

प्रथम राष्ट्रपति कप रनिङ शिल्ड लिलारामलाई

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड लिलाराम न्यौपाने माविले हात पारेको छ । 
आइतबार देखि भैरहवामा जारी प्रतियोगितामा ८ वटा स्वर्ण, ३ कास्य र ३ रजत पदक सहित उत्कृष्ट प्रदर्शन गरेको लिलारामले प्रथम राष्ट्रपति रनिङ शिल्ड हात पारेका हो ।

rastrapati (1).jpg
सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद रुपन्देहीको प्रविधिक सहयोगमा भएको प्रतियोगितामा नगर भित्रका ९ सामुदायिक विद्यालय सहित २१ विद्यालयको सहभागिता रहेको थियो । स्वास्थ्य लागि खेलकुद , राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मुल नारा सहित भएको प्रतियोगिता समापन कार्यक्रमको अध्यक्षताको आशन ग्रहण गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । नगरपालिकाका प्रमुख अधिकारीले दिन रात खतिएर प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्ण खेलका संयोजक , विद्यालय , सुरक्षाकर्मी , रेफ्रीहरुमा पनि धन्यवाद दिएका थिए ।

rastrapati (4).jpg
स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौ यसले खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा धेरै नै सहयोग पुगेको सिद्धार्थनगर नगरपालिकाका शिक्षा प्रमुख तथा प्रतियोगिता संयोजक चेतनशील लम्सालले बताए ।
प्रतियोगितामा ४ वटा स्वर्ण, ४ कास्य र १ रजत ९ वटा पदक ल्याई मनकामना स्कुल द्वितिय, ३ वटा स्वर्ण, ४ कास्य र १ रजत गरी ८ वटा पदक ल्याई साइग्लोबल तृतीय भएको छ । 
यसैगरी एथेलेटिक्स तर्फ मनकामना स्कुलका छात्र दिलीप कुर्मी र आदर्श स्कुलका छात्रा कुस्मा ढुङगाना उत्कृष्ठ खेलाडीबाट पुरस्कृत भएका छन । 
भलिबल छात्र तर्फ साइग्लोबल प्रथम, पश्चिमाञ्चल द्वितीय, भानु र न्यु इरा स्कुल तृतीय स्थान पाएको छ , भलिबल छात्रा तर्फ मनकामना स्कुल प्रथम, न्यु इरा द्वितिय बुद्ध ज्ञाननिकेतन र भैरहवा नमुना तृतीय भएका छन ।
कपर्दी छात्र तर्फ मुनलाइट प्रथम, लिलाराम द्वितिय, भैरहवा नमुना र सुसस्कृत तृतीय भएका छन। कपर्दी छात्रा तर्फ रुपन्देही लिलाराम प्रथम, मुनलाइट द्वितीय , जेसिस र बुद्ध ज्ञान तृतीय भएका छन । प्रतियोगिता अन्र्तगतकोे भैरहवा तेक्वान्दो क्लब हलमा भएको तेक्वान्दो प्रतियोगितामा ४५ किलो छात्र तर्फ भैरहवा नमुना माविका शिव बहादुर घर्ती प्रथम, न्यु इरा माविका अनिस चौधरी द्वितिय, जेसिका द्वय निश्चल भुसाल र शुभम सिंह तृतीय भएका छन । ४५ किलो छात्र तर्फ भैरहवा नमुना माविका शिव बहादुर घर्ती प्रथम, न्यु इरा माविका अनिस चौधरी द्वितिय, जेसिका द्वय निश्चल भुसाल र शुभम सिंह तृतीय भएका छन । ४२ किलो छात्रा तर्फ पश्चिमाञ्चलकी महिमा पुन प्रथम, भैरहवा नमुनाकी सलिम निशा द्वितिय, भैरहवा नमुनाकी राशीकला गुप्ता र सगुन धवल द्वय तृतीय भएकी छन । 

rastrapati (2).jpg
प्रतियोगितामा छात्र–छात्रा दुवै विधाका १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५ सय मिटर, ३ हजार मिटर दौड, रिले अन्तर्गतको ४ गुणे सय, ४ गुणे ४ सय, सटपुट, हाइजम्प, लङजम्प, जबेलिङ थ्रो, भलिबल, कब्ड्डी, तेक्वान्दो खेल समावेश गरिएका थिए । प्रतियोगिताका विजेताहरुलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएका एथलेटिक्सका संयोजक जीवन बस्नेतले बताए ।

 


लुम्बिनी चिन्तन

थप समाचार