भैरहवा जेठ ३१
नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीले सोमबार शोकसभा सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १६ सेमलार निवासी कांग्रेस क्षेत्रीय सचिव भवानी प्रसाद शर्माकी पत्नी, समाजसेवी, सहकारीकर्मी तथा पार्टीका पूर्व क्षेत्रीय सचिव थमा कुमारी अधिकारी पौडेलको नवौं दिनको पुण्यतिथिमा कांग्रेसले शोकसभा गरेको हो ।

कांग्रेस क्षेत्र नम्बर ३ का सभापति युवा नेता सुशील गुरुङको सभापतित्व तथा पार्टीका रुपन्देही जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणद्वारा पठाइएको शोक सन्देश वाचन गरिएको थियोे ।
कार्यक्रममा कांग्रेसका नेता बसन्त ढकालले मृतकको जीवनी माथि प्रकाश पारेका थिए । कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
थमा कुमारी अधिकारी पौडेलको गत जेठ २२ गते ५६ वर्षको उमेरमा निधन भएको थियो ।