Logo
२०८३, कार्तिक ९ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ९ गते

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल पहिलो पटक बैकल्पिक बिमानस्थलका रुपमा प्रयोग , काठमाण्डौमा अवतरण हुन नसकेपछि जजिराको जहाज गौतमबुद्ध बिमानस्थलमा अवतरण


  • लुम्बिनी चिन्तन
  • जेठ ३१, २०७९ मंगलवार
  • 1.3K
    SHARES

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल पहिलो पटक बैकल्पिक बिमानस्थलका रुपमा प्रयोग , काठमाण्डौमा अवतरण हुन नसकेपछि जजिराको जहाज गौतमबुद्ध बिमानस्थलमा अवतरण

भैरहवा जेठ ३१.

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबीका कारण मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

कुवेतबाट काठमाडौंका उडान भरेको जहाज भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज मंगलबार बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दहालले बताए । महाप्रबन्धक दहालका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको थियो । भैरहवामा करिब एक घण्टा बिताएर जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ६ः५० बजे सकुशल अवतरण गरिसकेको गरेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार