Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

राज्यमन्त्रीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय अगाडि धर्ना


  • लुम्बिनी चिन्तन
  • जेठ ३१, २०७९ मंगलवार
  • 638
    SHARES

राज्यमन्त्रीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय अगाडि धर्ना

भैरहवा जेठ ३१,.

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई कारबाहीको माग गर्दै दाङको ईलाका प्रहरी कार्यालय तुलसिपुर अगाडी स्थानीयले नाराबाजी गरेका छन् । प्रेमी खोज्दै अर्कैको घरमा पुगेर हातपातमा उत्रिएकी मन्त्री वलीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै नाराबाजी भएको हो ।

वाईसिएल नेता एकराज बस्नेतको तुलसीपुर–५ अवस्थित घरमा पुगेर एकराज पत्नि मिना भण्डारी र उनकी ६ वर्षिया छोरीमाथि कुटपिट गरेको भन्दै पीडित तथा आफन्तले कारबाही माग गरेका छन् । घटना लगत्तै मन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय तुलसीपुर पुर्याएपछि स्थानीयहरुले कारबाहीको माग गर्दै जाहेरी दर्ता गराउनका लागि नाराबाजीसहित पुगेका थिए ।

एद्यपी प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको बताइएको छ । तुलसीपुरमा नाराबाजी हुन थालेपछि प्रहरीले कडा सुरक्षा दिएर मन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराही लगेको छ । जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश प्रसाद काफ्लेको नेतृत्वमा स्कटिङ गरेर कडा सुरक्षाका बीच मन्त्री वलीलाई घोराही लगिएको हो ।

मँगलबार विहान वाईसिएल नेता बस्नेतको घरभित्रै गएर श्रीमती र छोरीलाई कुटपिट गरेपछि छिमेकीहरुले उनलाई घेराउ गरेका थिए । एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गर्दै कुटपिट र तोडफोडमा उत्रेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ ।

मिनाले प्रहरीलाई वयान दिँदै भनिन्–‘बिहानै आएर गेटमा बेस्सरी हल्लाइ । को रहेछ भनेर गएँ । बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ ‘मेरो एकराज खोइ ?’ भन्दै पर्दाहरु तानेर छिनाइ । झुल पनि तानेर फाली । ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिइई। अनि मलाई गालामा हानी । मेरो लुगा पनि च्यातचुत पारी । अर्को कोठामा गएर नानीलाई पनि हानिछे । नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई । अहिले रोइरहेकी छे । उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई ।’

घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । जेठाजुले प्रहरी बोलाएका थिए । ईप्रका तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको थियो । घटना हुँदा एकराज घरमा थिएनन् । एकराज र मीनाका एक छोरा र एक छोरी छन् ।


लुम्बिनी चिन्तन

थप समाचार