Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

ओमसतिया गांउपालीका द्धारा महिला स्वास्थ्य सेबिकाहरुलाई सम्मान ।


  • लुम्बिनी चिन्तन
  • जेठ २५, २०७९ बुधवार
  • 710
    SHARES

ओमसतिया गांउपालीका द्धारा महिला स्वास्थ्य सेबिकाहरुलाई सम्मान ।


भैरहवा जेठ २५


ओमसतिया गांउपालीकाले स्वास्थ्य स्वयम सेबिकाहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । 
गांउपालीका अध्यक्ष मन्जीत कुमार यादव सोनुको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा गांउपालीका भित्र रहेर काम गर्ने ७५ जना स्वास्थ्य स्वयमसेबिकाहरुलाई सम्मान गरेको हो । 
कोबिडको समयमा खटेर काम गर्ने स्वास्थ्य स्वयमसेबिकाहरुलाई खादा र सम्मान पत्रले सम्मान गरीएको गांउपालीकाले जनाएको छ । कार्यक्रममा गांउपालीका अध्यक्ष मन्जीत कुमार यादव सोनु, उपाध्यक्ष सुनिता चौधरी , प्रमुख प्रसासकिय अधिकृत सागर गौतम , सामाजिक बिकास समिती संयोजक प्रकाश सिंह , स्वास्थ्य स्वयम सेबिका रेखा चौधरी लगायतले शुभकामना मन्तब्य राख्दै महिला स्वास्थ्य स्वयमसेबिकाको योगदानको मुल्याड.कन गर्दै सेवासुबिधा बृद्धी गर्नुपर्नेमा जोड दिएका थिए । 
स्वास्थ्य शाखाका हेल्थ असिसटेन्ट माधव पौडेलको स्वागत तथा दिपक ज्ञवालीको संचालनमा सम्पन्न सम्मान कार्यक्रममा एम एन एच रोड म्याच २०३० का बिषयमा पनि अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो । 
सो अवसरमा मातृ मृत्युदर र शिसु मृत्युदरलाई कसरी न्युनिकण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । कार्यक्रममा मनिशा अग्रहरीले प्रस्तुतीकरण गर्नु भएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार