Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन र स्थानिय पालिकाहरु बीच संस्थागत सम्बन्ध सहकार्य र समझदारी पत्रमा हस्ताक्षर


  • लुम्बिनी चिन्तन
  • जेठ २५, २०७९ बुधवार
  • 862
    SHARES

लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन र स्थानिय पालिकाहरु बीच  संस्थागत सम्बन्ध सहकार्य र समझदारी पत्रमा हस्ताक्षर


दिनेश कुमार लोध,

लुम्बिनी जेठ २५,
लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन र स्थानिय पालिकाहरु बीच  बुधवार लुम्बिनीमा संस्थागत सम्बन्ध कायम सहकार्य र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  
रुपन्देही जिल्लाका तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, शुद्धोधन गाउँपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन बीच  संस्थागत सम्बन्ध कायम सहकार्य÷ समझदारी पत्रमा हस्ताक्षर भएको लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरिले जानकारी दिए । 

y.jpg
कार्यक्रममा नेपाल सरकार कृषि मन्त्रालयको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनको समन्वय र सहकार्यमा स्थानीय तहमा संचालन हुने कृषि कार्यक्रम एवम् अन्य कार्यक्रम बारेमा छलफल कार्यक्रम नगर प्रमुख सजरुद्धिन मुसलमानको अध्यक्षता, नेपाल सरकार कृषि मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माको बिशेष उपस्थिति ,लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका संस्थापक उपाध्यक्ष सामाजिक अभियन्ता गोविन्द सुबेदीको विशिष्ट आतिथ्यता, लुम्बिनी बौद्ध विश्व विधालयका डिन उकेश भुजु, सन्जिव हुमगाई, अन्तर्राष्ट्रिय पत्रकार महासंघका केन्द्रिय कार्यकारी सदस्य एवम् नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलको विशिष्ट आतिथ्यता, लुम्बिनी होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवाली लगायत संघ संस्थाका प्रमुख ÷ प्रतिनिधि हरुको उपस्थिति मा लुम्बिनीमा सम्पन्न भएको लुम्बिनी फाउण्डेसनका तुल्सी राम लामीछानेले जानकारी दिनु भयो । 

u.jpg
लुम्बिनी सास्कृतिक नगरपालिकाकाको आयोजना लुम्बिनी गार्डेन फाउन्डेसनको समन्वयमा स्थानिय निर्वाचनबाट निर्वाचित सहकार्य पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्षलाई बधाई एवम् कार्यकाल सफलताको शुभकामना कार्यक्रम समेत गरिएको लामीछानीले जानकारी दिनु भयो ।

q.jpg
सहकार्य÷समझदारी पत्रमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, सैनामैना नगरपालिकका नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बश्यालले आआफ्नो पालिकाको तर्फबाट र लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका तर्फबाट संस्थापक उपाध्यक्ष गोविन्द सुबेदीले हस्ताक्षर गर्नुभएको थियो । 
कार्यक्रममा सहभागी प्रमुख अतिथि विशिष्ट अतिथि, अतिथिहरुलाई स्वागत मन्तव्य लुम्बिनी सांस्कृतीक नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरिले गर्नुभएको थियो ।

r.jpg
सो अवसरमा फाउण्डेसनले नवनिर्वाचित सहकार्य पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्षहरुलाई बधाई कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा फाउण्डेसन संग सहकार्य पालिका रुपन्देही जिल्ला लुम्बिनी सास्कृतिक नगरपालिका ,नगर प्रमुख सजरुद्धिन मुसलमान र नगर उपप्रमुख कल्पना हरिजन , गैडहवा गाउँपालिका  अध्यक्ष सुरेन्द्र पौडयाल र उपाध्यक्ष माधुरी जैसवाल , मायादेवी गाउँपालिका , अध्यक्ष ध्रुवनारायण चौधरी र उपाध्यक्ष नर्वदादेवी उपाध्याय सहभागी रहनु भएको थियो । 
त्यसैगरी देवदह नगरपालिका  नगर प्रमुख ध्रुव प्रसाद खरेल ,नगर उपप्रमुख बिध्यालक्ष्मी गुरुङ्ग , तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाण, नगर उपप्रमुख जागेश्वरीदेवि चौधरी , सैनामैना नगरपालिका ,नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा ,नगर उपप्रमुख विना राना , शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बश्याल, उपाध्यक्ष शान्तिदेवि ज्ञवाली सहभागी रहनु भएको थियो ।

i.jpg
त्यसैगरी कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी ,उपाध्यक्ष होम प्रकाश कुर्मी चौधरी , कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेल ,नगर उपप्रमुख सुनिता गुप्ता , बुद्धभुमी नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठ र नगर उपप्रमुख मिरा  थारु , त्यसैगरी नवलपरासी जिल्ला सुनवल नगरपालिका नगर प्रमुख विमला अर्याल र नगर उपप्रमुख सुर्य प्रसाद दुवे ,रामग्राम नगरपालिका  नगर  प्रमुख धनपत यादव र नगर उपप्रमुख सम्झना चौधरी , सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय र उपाध्यक्ष गिता चौधरी र पाल्पा जिल्ला तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र नगर उपप्रमुख  प्रतीक्षा गाहा सिन्जाली ,बाग्लुङ जिल्ला बागलुङ नगरपालिका र पर्वत जिल्ला  कुश्मा नगरपालिका , मोदि गाउँपालिका , जलजला गाउँपालिका र म्याग्दी जिल्लाको बेनि नगरपालिकाका प्रतिनीधीहरुको समेत सहभागीता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार