Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो,अंश हात पार्न भतिजाद्धारा काकीमाथि गोली प्रहार


  • लुम्बिनी चिन्तन
  • जेठ २३, २०७९ सोमवार
  • 600
    SHARES

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो,अंश हात पार्न भतिजाद्धारा काकीमाथि गोली प्रहार

परासी : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिउँसै गोली चलेको छ। अंश हात पार्नका लागि भतिजाले काकीमाथि सोमबार गोली प्रहार गरेका हुन्।

सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका हुन्। पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए।

सुरुमा गोली प्रहार गरेको देखेकी रोशनी आतिदैं भागेपछि पुन: प्रहार गरेको गोलीबाट उनी बचेकी हुन्। जिल्ला अदालतदेखि करिब ५० मिटरको दुरीमा रहेको व्यस्त सडकमा गोली चलेपछि स्थानीय आतंकित बनेका थिए। हर्षरामका बाबुका दुई भाई हुन्। दुई भाईको अंशमा गाउँमा १८ कट्ठा र सदरमुकाम परासीमा ९ धुर जग्गा रहेको उनका कानुन व्यवसायीले बताएका छन्। 

सन्तानविहिन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनशायका साथ हर्षरामले गोली हानेको आफन्तहरुले बताएका छन्। दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका हुन्। घटनास्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको छ।

गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताए।


लुम्बिनी चिन्तन

थप समाचार