भैरहवा जेठ २२,
टुगा आस्था बिकास सहकारी साकोसको आयोजनामा नीति, कार्यक्रम योजना तर्जुमा उपसमितिको संयोजनमा संस्थाको दोश्रो योजना “चार वर्षीय रणनीतिक योजना“ विश्लेक्षण तथा रणनीतिक निर्माण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
संचालक, लेखा, सल्लाहकार र उच्च व्यवस्थापनको सहभागिता रहेको गोष्ठीको अध्यक्षता संस्था प्रमुख डी.बि.थापाको रहेको थियो । कार्यक्रमको पहिलो सत्रमा योजना तर्जुमा उपसमितिको संयोजक लाल बहादुर थापाले अघिल्लो त्रिवर्षिय रणनीतिक योजनाको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । योजनाको लक्ष्य, उद्देश्य र वित्तीय अवस्था सहित प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
त्रिवर्षीय योजना सफलतापूवक सम्पन्न भइ सदस्यहरुको आर्थिक उन्नतिमा टेवा पुर्याउन संस्था सफल भएको समिक्षा गरिएको थियो । बाह्य चुनौतीको रुपमा देखिएको प्रमुखरुपमा कोभिड–१९ ले सदस्यको आम्दानीमा पारेको प्रभावले गर्दा बचत निक्षेपमा केहि प्रभावित गराएता पनि नियमित बचतको पोर्टफोलियो उत्कृष्ट रहेको संयोजक थापाले बताउनु भयो । आगामी चार वर्षीय रणनीतिक योजनाको लक्ष्य, उदेश्य र मुख्य मुख्य रणनीति निर्धारण गरेको छ ।
योजना तर्जुमाको लागि यस अघि अगुवा सदस्य, उपसमिति पदाधिकारीको सुझाव संकलन कार्यक्रम संस्थाले सम्पन्न गरिसकेको संयोजक लाल बहादुर थापाले बताए । सदस्य, उपसमिति तथा संचालकहरुबाट प्राप्त सुझाव र विश्लेक्षणको आधारमा चार वर्षीय रणनीतिक योजना अन्तिम स्वरूप आषाढ भित्र गरिने अध्यक्ष डी.बी. थापाले बताए । कार्यक्रम संचालन सचिव जित बहादुर रास्कोटी, स्वागत मन्तव्य संयोजक लाल बहादुर थापा र शुभकामना मन्तव्य उपाध्यक्ष परसुराम बास्तोलाले गर्नु भएको थियो