भैरहवा जेठ २२
भैरहवा–परासी सडक खण्ड अन्तरगत आईतबार बिहान रोहिणी पुलमा दुर्घटनामा मृत्यु भएका ९ जना मध्ये ८ जनाको सनाखत भएको छ । भने घाईते २३ जनाको पनि नाम खुलेको छ ।
मृत्युहुनेहरुमा रूपन्देहीको तिलोत्तमा–२ योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, वडा नम्बर ८ कि ३७ वर्षीय तुल्सी पौडेल, बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन्।
त्यसैगरी रौतहटका २० वर्षीया दिनेश दास तथा भारत घर भएका नागेन्द्र शर्मा, अरबिन्द्र शर्मा र सन्जय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
आइतबार बिहान करिब साढे ४ बजे बस रोहीणी पुल बाट खोलामा खसेको थियो । दुर्घटनामा परि ५ जनाको मेडिकल कलेज भैरहवामा र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको थियो । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी नदीमा खसेको हो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए। बर्ष ३०–३५ को पुरुष , अन्दाजी ४०–४५ को पुरुष र बर्ष ३० को पुरुषको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परि जिल्ला धनुषा हंसपुर न.पा.–३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी , बारा जितपुर सिमरा उ.न.पा.–१३ बस्ने वर्ष १८ को रोहन चौधरी , जिल्ला बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी , बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १५ को बरुण चौधरी , सिराहा जिल्ला सिराहा न.पा.–९ बस्ने बर्ष ३१ को राकेश कुमार दास , गाडीका सहचालक कपिलबस्तु बाणगंगा न.पा.–५ बस्ने बर्ष २९ को तुलसीराम चौधरी , धनुषा जनकपुर उ.न.पा.–२२ बस्ने बर्ष ३९ को बिनोद मुखियाको मेडिकल कलेजमा ृपचार भैरहेको छ ।
त्यसैगरी घाईतेहरु रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–११ का बर्ष २८ को रियाज जुल्लाह मुसलमान , लुम्बिनी सांस्कृतिक न.पा.–६ बस्ने बर्ष १६ को सहेजाद मुसलमान , बस चालक तिलोत्तमा न.पा.–३ शंकरनगर बस्ने बर्ष ३६ को सुमन क्षेत्री , लुम्विनी सास्कृतिक न.पा.– ३ बस्ने बर्ष २० को राजेश यादव , रौतहटका बस्ने बर्ष २२ को वकिल दास हात , भारत जनकपुरग्राम बस्ने बर्ष २८ को गौरव सिंह , झापाका बस्ने बर्ष ६० को जयाप्रसाद चापाग
ाई , झापाकै बस्ने बर्ष ५६ कि तुलसा चापागाई , भारतका बर्ष ३२ कि सिता शर्मा , भारतकै बर्ष ५ कि सन्दिपा शर्मा , बर्ष ४ को यश शर्माको पनि मेडिकल कलेजमै उपचार भैरहेको छ ।
त्यसैगरी जिल्ला धनुषा जनकपुर बस्ने बर्ष ३५ की अञ्जली कामी , रुपन्देही तिलोत्तमा न.पा.–३ बस्ने बर्ष २२ को बिपिन बस्याल , जिल्ला सिराहा सिराहा न.पा.–९ बस्ने बर्ष ३१ को राकेशकुमार दास , जिल्ला रौतहट श्रीनगर बस्ने बर्ष २२ को रामजनम दास , जिल्ला धनुषा जनकपुर बस्ने बर्ष २२ कि रिंकी यादव , र महोत्तरी जिल्लाका बर्ष २९ को साबिर अन्सारीको पनि उपचार भैरहेको छ ।