Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

मृतक ९ मध्ये ४ जनाको सनाखत ।


  • लुम्बिनी चिन्तन
  • जेठ २२, २०७९ आइतवार
  • 562
    SHARES

मृतक ९ मध्ये ४ जनाको सनाखत ।


भैरहवा जेठ २२
भैरहवा–परासी सडक खण्ड अन्तरगत रोहिणी पुलमा दुर्घटनामा मृत्यु भएका ९ जना मध्ये ४ जनाको सनाखत भएको छ । भने घाईते २३ जनाको पनि नाम खुलेको छ । 
मृतकहरु मध्ये बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीको ओमसतिया गाउँपालिका ४  मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको हो । युनिभर्सल मेडिकल कलेजका तिन जना मृतक र भीम अस्पतालमा रहेका एक जना मृतकको सनाखत भएको हो ।
घाईतेहरुको मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि नवरत्न पौडेलले जानकारी दिए ।
आइतबार बिहान करिब साढे ४ बजे बस रोहीणी पुल बाट खोलामा खसेको थियो । दुर्घटनामा परि ५ जनाको मेडिकल कलेज भैरहवामा  र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको थियो । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी नदीमा खसेको हो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए। 


लुम्बिनी चिन्तन

थप समाचार