Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रोहिणी पुलबाट बस खस्यौ ९ जनाको मृत्यु ,२३ घाईते


  • लुम्बिनी चिन्तन
  • जेठ २२, २०७९ आइतवार
  • 618
    SHARES

रोहिणी पुलबाट बस खस्यौ ९ जनाको मृत्यु ,२३ घाईते


भैरहवा जेठ २२
जनकपुरबाट भैरहवा आउदै गरेको बस रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलमा दुर्घटना हुदा ९ जनाको मृत्ुय भएको छ । २३ जना घाइते भएका छन् । उनिहरुको भैरहवा स्थित भम अस्पताल र मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि नवरत्न पौडेलले जानकारी दिए ।
आइतबार बिहान करिब साढे ४ बजे बस रोहीणी पुल बाट खोलामा खसेको थियो । दुर्घटनामा परि ५ जनाको मेडिकल कलेज भैरहवामा  र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी नदीमा खसेको हो । घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ । चालक निदाएकाले बस दुर्घटनामा परेको हुन सक्ने जनाईएको छ । मृतकको नामावली खुलेको छैन ।


लुम्बिनी चिन्तन

थप समाचार