Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

माग भन्दा ६० प्रतिशत कम मल आयात ।


  • लुम्बिनी चिन्तन
  • जेठ २१, २०७९ शनिवार
  • 502
    SHARES

माग भन्दा ६० प्रतिशत कम मल आयात ।

भैरहवा जेठ २१,


सदाझै यस बर्ष पनि कृषकहरुले मलको समस्या भोग्नु पर्ने अवस्था श्रृजना भएको छ । कृषकको माग अनुसार सरकारले मलखाद्ध समयमै आयात गर्न नसक्दा बिगदका बर्षहरुमा जस्तै समस्या यस बर्ष पनि दोहोरीन सक्ने कृर्षी सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख नारायण प्रसाद शर्माले बताए । 
अहिले सबैभन्दा बढी अभाव युरीया मलको रहेको बताए । कृषकका लागी आबस्यक पर्ने डिएपि, पोटास र युरिया मल मध्ये कम्पनी संग युरियामलको स्टक सुन्य छ  शर्माले भने । पोटास र डिएपिको हकमा माग आएमा केही समयका लागी धान्न सक्ने स्टक छ उनले भने । 
कम्पनीले लुम्बिनी प्रदेशको रुकुम जिल्ला बाहेक सबै जिल्लाहरुमा मलखाद्ध पठाउने गर्दछ । रुकुम जिल्लालाई सरकारले अर्गानिक जिल्लाको रुपमा बिकसीत गर्ने निर्णय अनुसार सो जिल्लामा मल नजाने शर्माले बताए । त्यसैगरी कम्पनीले गण्डकी प्रदेशको स्याड.जा र पश्चिम नवलपरासी हेर्ने गर्दछ । त्यसैगरी कर्णाली प्रदेशको सल्यान र सुर्खेत र सुदुरपश्चिमको धनगढी , डोटी र महेन्द्रनगर सम्म मलखाद्ध पठाउने काम गर्दछ ।
माग भन्दा ६० प्रतिशत कम मल आयात ।
सरकारले पार्देशिक कार्यालय माताहतका जिल्लाहरुका लागी बार्षिक ४४ हजार ३ सय मेट्र्रिकटन युरिया मल पढाउने लक्ष्य राखेर काम गरेको हुन्छ ।  ३० हजार ४ सय ५० मेट्रिकटन डिएपि र २ हजार ३ सय ९८ मेट्र्रिकटन पोटास मल पठाउने लक्ष्य छ । तर यो क्षेत्रमा बार्षिक १ लाख मेट्र्रिकटन युरिया मलको आवस्यकता छ । ६० हजार मेट्र्रिकटन डिएपि र ५ हजार मेट्र्रिकटन पोटास मलको माग छ । 
सरकारले पठाउने र कृषकको माग ६० प्रतिशत फरक छ अनि मलको अभाव स्वतह हुन्छ प्रादेशिक प्रमुख शर्माले भने । मल खरिद गर्ने क्रममा सरकारले बिनियोजन गरेको बजेट डलरको दरको फेरबदलले पनि माग अनुसारको मल खरिद गर्न नसकिने अवस्था रहने उनले बताए । सरकारले बनाएको बजेट र खरिद गर्ने समयमा अमेरीकि डलरको दर बढेको अवस्थामा माग अनुसारको मल आउन नसकेर झन कम आयात हुन्छ । बर्तमान अवस्थामा अहिले कम्पनी संग युरीया मल छैन । डिएपि ४ हजार १ सय ८७ मेट्र्किटन र पोटास १ हजार ९ सय मेट्र्किटन मात्र छ । यसले जेठमहिनाको माग मात्र थेग्ने छ शर्माले भने ।
किसान सधै समस्यामा 
मल अभावमा कृषकहरु सधै समस्यामा पर्ने गरेको किसानहरुको गुनासो छ । रुपन्देही सिमावर्ती जिल्ला भएकाले भारतमा गएर क्यारीड. गरेर ल्याएर पनि काम गरेका छन् रुपन्देहीको मायादेबी गांउपालीका वडानं ३ हरहरवाका कृषक भिमसेन लोधने भने । अन्य जिल्लाका कृषकहरुका लागी त्यो पनि समस्या छ । सरकार संग बाट कृषककले समयमा मल पाउन सकेका छैन्न् उनले भने । युरिया मलको अभावमा तरकारी र हिउदे वाली हुन सकेका छ्रन्न् । प्रयाप्त मल हुने हो भने कृषककले तरकारी खेती देखी हिउदे अन्न बाली मकै , चैतेधान लगायतका खेती गर्न सहज हुने उनले बताए ।
भारत बाट चोरी गरी आएको कम गुणस्तरको मल प्रयोग गर्न कृषक बाध्य ।
सहज रुपमा कृषकले मल पाउन नसकेपछि सिमावर्ती क्षेत्रका कृषकहरु भरतीय बजारमा निर्भर हुन थालेका छन् । भारतीय बजार बाट केही कृषकले आफुलाई आबस्यक मल मात्र साईकलमा ल्याउने गरेका छन् भने केहीले आबस्यक भर्दा बढी ल्याएर अन्यत्र बिक्री गर्ने गरेका छन् । मल भारत र नेपालमा दुबै देशमा अनुदानमा दिने गरेको कारण मुल्य लगभग नेपाल र भारतमा बराबर हुने गरेको कृषक लोधले बताए । भारतमा बिभिन्न कम्पनीका मलहरुको मुल्य फरक फरक हुने भएकाले नेपाली कृषकहरुलाई महड.गो मुल्यको बोरामा कम गुणस्तरको मल राखेर ठग्ने गरेको उनको भनाई छ । 


लुम्बिनी चिन्तन

थप समाचार