Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

बिद्युतिय बस र कार चलाउन कार्यविधि बनाउने निर्णय


  • लुम्बिनी चिन्तन
  • जेठ २१, २०७९ शनिवार
  • 230
    SHARES

बिद्युतिय बस र कार चलाउन कार्यविधि बनाउने निर्णय

 

काठमाण्डौ जेठ २१

लुम्बिनी विकास कोषका अध्यक्ष तथा पर्यटन नागरिक उडडयन तथा संष्कृति मन्त्री माननीय प्रेम बहादुर आलेको अध्यक्षतामा काठमाण्डौमा बसेको ब्रैठकले २५६६ औ बुद्ध जयन्ती तथा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भ्रमण कार्यक्रमको समिक्षा गर्दै स्थानिय निर्वाचनको व्यस्तता र छोटो तयारी  अवधिका वावजुद कोषले भव्य सफलताका साथ कार्य सम्पन्न गरेको यस कार्यक्रमले नेपाल र बुद्ध जन्मभुमिस्थलको अन्तरराष्ट्रिय ख्यातिमा योगदान पुगेको निष्कर्ष निकालेको छ । कार्यक्रमको गरिमा बढाउने अति बिशिष्ट अतिथिहरु सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र महामहिम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई धन्यवाद पत्र पठाउने निर्णय गरिएको छ ।

बैठकले सुरक्षा सम्बेदनशिलता र निर्वाचनको व्यस्तताले निम्ता कार्ड व्यस्थापनमा भएका कमजोरीहरुलाई आगामी दिनमा शिक्षाको रुपमा लिंदै  हटाउंदै जाने निर्णय गरेको छ ।

बैठकले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै लुम्बिनी आउने पर्यटकहरुको सुविधा बृद्धिमा ध्यान दिदै बिद्युतिय बस र कार सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन कोषका कोषाध्यक्ष्ँ ढुण्डीराज भटराई(सिद्धिचरण)को संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत गठन गरेको छ । जसमा बोर्ड सदस्य बिश्वराज पौडेल, राजेश शाक्य सदस्य रहनु भएको छ । बैठकले कोभिड सक्रमणका बेलामा मायाँदेवी मन्दिर बन्दरहेको उक्त समयमा सेन्ट्रल क्यानलमा डुगा चलाउने, माला पसल चलाउने र पार्किंग ठेकका लिएका व्यवसायिको मन्दिर बन्द रहेको अवधिभरको कोषले लिनुपर्ने रकम दायित्व छुट गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी उत्खनन कार्य लाई  नियमित र व्यवस्थित गर्ने कार्यका लागि सार्वजनिक खरिद ऐनका कतिपय प्रावधान व्यवहारमा नमिलेको हुंदा पुरातत्व विभागले तयार गरी पारित गरेको पुरातात्विक उत्खनन सम्बन्धी नम्र्स २०६५ लाई आधार मानि उत्खनन गर्ने गराउने निर्णय गरेको छ । यस्तै अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आउने नोभेम्बर र डिसेम्बरमा सम्पन्न गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार