भैरहवा जेठ २१,
पक्लिहवा माध्यामिक बिध्यालयले सिद्धार्थनगर नगरपालीकाका नवनिर्वाचित जनप्रतिनीधीहरुलाई स्वागत गरेको छ ।
नगरपालीकाका मेयर ईस्तियाक अहमद खांन , त्यसैगरी वडानं १ का वडाअध्यक्ष उज्जवल पोख्रेल , वडानं २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव र वडानं ११ का वडाअध्यक्ष दिलिप यादव , वडानं १ का वडासदस्यहरु हरीमाया गुरुड., मिन बहादुर गुरुड., राम किशान यादव , र असरफी हरिजनलाई सम्मान गरिएको पक्लीहवा माबीका प्रिन्सपल बसन्त कुमार बस्नेतले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुलाई माला र टिका लगाएर सम्मानीत गरिएको थियो । सो अवसरमा बोल्दै सिदार्थनगर नगरपालीकाका नवनिर्वाचित मेयर ईस्तियाक अहमद खांनले सिदार्थनगरलाई सफा हराभरा र सुन्दर शहरको रुपमा बिकास गर्नका लागी नगरवासीको पनि चाहना आबस्यक रहेको बताए ।
जनप्रतिनीधीले मात्र गरेर नगरको फोहर समस्या समाधान नहुने बताउदै नगरवासीले पनि सकृय रुपमा लाग्नु पर्ने बताए । नगरको फोहर समस्या समाधानका लागी नगरपालीकाले छिट्ै नगरवासीलाई फोहर छुट्याएर संकलन गर्नका लागी छुटछुट्ै झोला दिने बताउदै सड्ने, ल्पास्टिकजन्य र सिसा जन्य फोहर संकलन गरेर नगरको ट्याक्टर आउदा फोहोरको प्रकृतीबमोजिमको ट्याक्टरमा राख्ने ब्यावस्था गरि सहयोग गरिदिन नगरवासी समक्ष आग्रह गरे ।
कार्यक्रममा पक्लिहवा माध्यामिक बिध्यालयका बिध्यालय ब्यावस्थापन समितीका अध्यक्ष सुशिल गुरुङ्गले नगरको शिक्षा शाखा सुधार गर्नु पर्ने बताउदै नगरका सरकारी बिध्यालयका बिध्यार्थीहरुलाई पनि खेलकुदमा सहभागी गराउने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
पक्लिहवा माध्यामिक बिध्यालयको भवन निमार्ण लागी बजेट बिनियोजन भएर काम सुरु भएपनि काम अगाडी बढ्न नसकेको चिन्ता ब्यक्त गर्दै नगरप्रमुखलाई भवन निमार्णको कामको निरन्तरताका लागी सुझाव दिए । पहिलो पटक नगरले बजेट दिएको तर ठेकेदार गलत भएका कारण भवन अलपत्र परेको बताउदै भवन निमार्णको कार्यलाई निरन्तरता दिने ब्यावस्था मिलाउन आग्रह गरे ।
नगर भित्रका सरकारी बिध्यालय सबै पुर्ण सम्पन्न नभएको बताउदै नगरपालीकाले शिक्षक दरवन्दी कायम गरि कमजोर आर्थिक अवस्था भएका सरकारी बिध्यालयहरुलाई शिक्षक कोटाको ब्यावस्था गरिदिन आग्रह गरे ।
बिध्यालयका प्राध्यानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत , ब्यावस्थापन समितीका अध्यक्ष सुशिल गुरुड.को अध्यक्षता तथा देबी धिरको संचालनमा सम्पन्न कार्यक्रममा सम्मानित वडाअध्यक्षहरुले पनि आ आप्नौ भनाई राखेका थिए ।