भैरहवा जेठ १७,
नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसंन्धान आयोगका सूचना अधिकारी बेद प्रसाद भण्डारीले जानकारी दिए ।
सिदार्थनगर नगरपालीका वडानं १२ स्थित जग्गाको हाल साविकमा लागि ३० हजार घुस लिँदैगर्दा रायमाझीलाई निवास बाट पक्राउ गरिएको जनाईएको छ ।