Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

अडान लुम्बिनीमा नयाँ नेतृत्व


  • लुम्बिनी चिन्तन
  • जेठ १६, २०७९ सोमवार
  • 426
    SHARES

अडान लुम्बिनीमा नयाँ नेतृत्व

 

बुटवल, जेठ १६ ।

 

नेपाल अडिटर्स एशोसिएसन (अडान) लुम्बिनी प्रदेश समितिको छैठौं अधिवेशन सोमबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले १९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको अध्यक्षमा ओमबहादुर मल्ल, उपाध्यक्षमा गणेशराज श्रेष्ठ, सचिवमा विष्णु बस्याल, कोषाध्यक्षमा बालकृष्ण त्रिपाठी, सह कोषाध्यक्षमा कृष्ण पौडेल रहेका छन ।

त्यस्तैगरी सदस्यहरुमा ओम भटटराई, गोबिन्द अर्याल, विष्णु चापागाई, सुवोध रेग्मी, हुम बहादुर केसी, लिलामणि भटटराई, कैलाश कुमार श्रेष्ठ, विष्णु बहादुर बस्नेत, नरहरि पोखरेल, कमल पन्थी, भोजराज भण्डारी, किसरथ अली सेस र नसिम शाह रहेका छन् ।  अडान लुम्बिनीका अध्यक्ष गोविन्द प्रसाद रेग्मीको अध्यक्षतामा तथा नेपाल अडिटर्स एशोसिएसनका केन्द्रीय अध्यक्ष मोहनराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

अधिवेशनमा बोल्दै लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द प्रसाद रेग्मीले स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी समेत भित्राएर प्रदेशको विकासमा केन्द्रीत हुनुपर्ने बताए । रेग्मीले विदेश पलायन भएको लाखौं युवाहरुलर्य प्रदेशमा रोजगारी सृजना गरी आर्थिक विकासका क्रियाकलापहरु अगाडि बढाउनुपर्ने बताए ।

नेपाल अडिटर्स एशोसिएसनका केन्द्रीय अध्यक्ष मोहनराज शर्माको पेशामा रहेको योग्यता र क्षमतायोग्य दर्तावाल लेखापरीक्षकलाई बर्गोन्नति गर्न आवश्यक रहेको बताए । उनले पेशागत मर्यादा राखेर अडिटर्सहरुले काम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा अडानका केन्द्रीय सल्लाहकार डिआर शर्मा, कर कार्यालय बुटवलका कर अधिकृत गेहेन्द्र गिरी, अडान रुपन्देहीका अध्यक्ष राम प्रसाद पौडेल, आइक्यान बुटवलका संयोजक छवि पोखरेल, अडान प्रदेश सदस्य गोविन्द अर्याल, सचिव ओम बहादुर मल्ला कोषाध्यक्ष बालकृष्ण त्रिपाठी लगायतले बोलेका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार