Logo
२०८३, कार्तिक १० गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १० गते

बजेटमा रुपन्देही


  • लुम्बिनी चिन्तन
  • जेठ १५, २०७९ आइतवार
  • 448
    SHARES

बजेटमा रुपन्देही
भैरहवा जेठ १५/
आर्थिक बर्ष २०७९/८० को बजेट वक्तव्यमा उल्लेखित रुपन्देही र यस आसपासका क्षेत्र सँग सम्बन्धी अधिकांश अघिल्लो बजेटबाट निरन्तरता पाएका क्रमागत र ४ नयाँ योजनाहरु :-
१. कर्साघाटको कृषी उपज केन्द्र निर्माण
२. मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि बजेट
३. भैरहवाको विशेष औद्योगिक क्षेत्र (सेज) को सञ्चालन
४. भैरहवा एकिकृत जाँच चौकी निर्माण
५. यात्रु चापलाई विश्लेषण गरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन (T2) निर्माणको प्रकृया अगाडी बढाउने । (अघिल्लो बजेटमै स्रोत सुनिश्चित गरिएको आयोजनालाई यात्रुको चाप विश्लेषण भनेर बिलम्ब गरिएको छ)
६. बुटवल इन्टरनेट एक्सचेञ्ज केन्द्र खोल्न संभाब्यता अध्ययन
७. बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल सँग
समन्वयमा आयोजना अगाडी बढाइनेछ । ( यो आयोजना गिजोल्न खोजियो, गिजोल्न संभव छैन )
८. बुटवल- नारायणगढ सडक आगामी आ.ब. मा निर्माण सम्पन्न गरिनेछ ।
९. बुटवल - गोरुसिगे सडक निर्माणका लागी डिपिआर निर्माण
१०. तिनाऊ नदीमा बहुउद्देशीय सिंग्नेचर ब्रिज निर्माणको डिपिआर
११. कालीगण्डकी - तिनाऊ डाइभर्सन आयोजना अध्ययन गरिनेछ रे । ( डिपिआर सकिएर बुटवलमा आयोजन कार्यान्वयन कार्यालय नै खोलिएको छ । सर्बोच्चमा मुद्दा बिचाराधिन छ । )
१२. बुटवल- बेलहिया आगामी आ.ब. मा निर्माण सम्पन्न गरिनेछ ।
१३. सिद्धबाबा सुरुंग मार्ग निर्माण सुरु गरिनेछ
१४. दुम्किबास-बर्दघाटको दाउन्नेमा सुरुंग मार्गको संभाब्यता अध्ययन गरिने
१५. बुटवल धागो कारखाना उपयुक्त ढाचामा सञ्चालन गरिनेछ
१६. बुटवल भैरहवामा ट्राम यातायातको संभावना अध्ययन गरिनेछ (नयाँ योजना )
१७. रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरीनेछ । (नयाँ योजना)
१८. शहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत रुपन्देहीको तिनाऊ दानब नदी कोरीडोरमा तटबंध निर्माण र बस्ती संरक्षण कार्यक्रम (तिनाऊ-दानब नदी कोरिडोर प्रभावित बासिन्दालाई ब्याबस्थापन गर्न टेवा पुग्ने ) ( नयाँ योजना )
१९. चितवन- रामपुर-बुटवल द्रुत मार्ग (नयाँ योजना)


लुम्बिनी चिन्तन

थप समाचार