Logo
२०८३, कार्तिक १० गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १० गते

हराइरहेको तारा एयरको जहाजबारे मुस्ताङका सिडिओ शर्मा भन्छन्- आज उज्यालो हुन्जेल खोज्छौं, नभेटिए भोलि फेरि खोज्छौं


  • लुम्बिनी चिन्तन
  • जेठ १५, २०७९ आइतवार
  • 298
    SHARES

हराइरहेको तारा एयरको जहाजबारे  मुस्ताङका सिडिओ शर्मा भन्छन्- आज उज्यालो हुन्जेल खोज्छौं, नभेटिए भोलि फेरि खोज्छौं

पोखरा जेठ १६/

आइतबार बिहान १० बजेदेखि हराइरहेको तारा एयरको जहाज साँझ ६ बजेसम्म पनि फेला पर्न सकेको छैन।  आठ घन्टासम्म लगातार खोजी गर्दा पनि खोजीकर्ताहरूले जहाज कहाँ गयो भन्ने पत्ता लगाउन सकेका छैनन्।  

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य जारी राखिएको बताएका छन्।

दुइटा हेलिकप्टरले आकाशबाट र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जमिनबाट खोजी कार्यलाई निरन्तरता दिइरहेको शर्मा बताउँछन्।

‘जहाज सम्पर्कविहीन भएको सम्भावित क्षेत्रमा हेलिकप्टर र स्थलमार्गबाट पनि खोजी कार्य जारी छ। आज उज्यालो हुन्जेल खोजी कार्य जारी रहन्छ,’ उनले भने, ‘राति खोजी गर्न सम्भव हुन्न। आज उज्यालो हुने बेलासम्म पनि जहाज फेला परेन भने भोलि बिहानदेखि पुन: खोजी कार्य जारी रहन्छ।’

सम्पर्कविहीन जहाज खोज्न आइतबार दिउँसोदेखि फिस्टेल एयर र नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ भने करिब एक सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन्।

प्रजिअ शर्माका अनुसार धौलागिरि हिमालको रेन्जमा खोजी कार्यलाई केन्द्रित गरिएको छ। मौसम प्रतिकूल हुँदा हेलिकप्टर उडान निरन्तर रूपमा गर्न सकिएको छैन। हिँडेर नेपाली सेना र प्रहरीसहित टोली धौलागिरि हिमाल रेन्जतर्फ गएका छन्।

‘यही ठाउँमा जहाज छ भन्ने अवस्था छैन,’ उनले भने, ‘सम्भावित क्षेत्रमा खोजी कार्य गरिएको हो।’ 

 


लुम्बिनी चिन्तन

थप समाचार