Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मेयर खानद्धारा बिरामीलाई फलफुलबितरण


  • लुम्बिनी चिन्तन
  • जेठ १५, २०७९ आइतवार
  • 1.0K
    SHARES

मेयर खानद्धारा बिरामीलाई फलफुलबितरण


भैरहवा, जेठ १५ 
गणतन्त्र दिवसको अवसर पारेर सिद्धार्थनगर नगरपालीकाका मेयर ईस्तियाक अहमदखान र उप मेयर उमा अधीकारीले बिरामीलाई फलफुल बितरण गरेका छन् । 
गणतन्त्र दिवसको अवसरमा भैरहवा स्थित भिम अस्पतालमा गएर उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै करीव ४० जना बिरामीलाई फलफुल बितरण गरेका हुन् । सो अवसरमा बोल्दै मेयर खानले आर्थीक समस्याका कारण कोहीपनि नेपाली नागरीक स्वास्थ्य उपचार बाट बञ्चित हुन नहुने भन्दै नगरवासीको स्वास्थ्य जिवनको लागी नगरपालीका गभींर रहेको बताए । 
सामुदायीक अस्पतालको स्तर बृद्धी गरी सर्वशुलव एवं निःशुल्क स्वास्थ्य सेवा प्रभाव गर्न नगरपालीका लागी पर्ने उनले बताए । उनले भिम अस्पताल भैरहवाको गहना भएको भन्दै यस अस्पतालको बृद्धी विकास एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रभाव गराउन नगरपालीका बाट सक्दो सहयोग उपलब्ध गराउने बताए । 
त्यस्तै उपमेयर अधिकारीले पनि नगरबासीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रभावका लागी आफुहरु प्रतिबद्ध रहेको बताईन् । बिकास समीतीका अध्यक्ष कुल प्रसाद न्यौपानेले भिम अस्पतालको स्तर बृद्धी र गुणस्तरीय स्वास्थ्य सेवाका लागी प्राथमीकतामा राखेर काम गर्न आग्रह गरे । 


लुम्बिनी चिन्तन

थप समाचार