पोखरा जेठ १५/
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्कियो छ । ६ विदेशी र १३ जना नेपाली सहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको आशङ्का गरिएकाे छ ।
आइतबार विहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्कीए हुनसक्ने जानकारी प्राप्त भएको हाम्रा गण्डकी प्रदेश संयोजक रमेस पौडेलले जानकारी दिनुभयो । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रहेको थियो त्यसपछि सम्पर्क विहिन बनेको थियो ।
आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयो । आइतबार विहानै देखि मौसममा बदली हुँदा देसैभर बर्षा भएको थियो ।