पोखरा जेठ १५/
पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।
९ एनइटी कलसाइनको ट्विनअट्टर जहाज बिहान ९ः५५ बजे पोखराबाट जोमसोमतर्फ उडेको थियो।
जहाजमा १३ जना नेपाली, चारजना भारतीय र दुईजना अन्य देशका नागरिक गरी १९ यात्रु र तीन चालक दलका सादस्यसहित २२ जना रहेको तारा एयरका प्रतिनिधिले बताए।
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।