काठमाण्डौ जेठ १३.
धम्क्याएर सात करोड रकम मागेको आरोपमा ६ पत्रकारसहित सात जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका २१ वर्षीय सुजन आचार्य, काठमाडौं बुढानिलकण्ठ बस्ने कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–८ ठेगाना भएका २९ वर्षीय टेक विक, काठमाडौं कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना गाउँपालिका–७ ठेगाना भएका २९ वर्षीय धर्मराज थापा, काठमाडौं काँडाघारी बस्ने काभ्रे तेमाल गाउँपालिका- २ ठेगाना भएका ३३ वर्षीय उमेश भण्डारी, काठमाडौं रातोपुल बस्ने गुल्मी धुर्कोट गाउँपालिका–२ ठेगाना भएका २९ वर्षीया बसन्ता खनाल, काठमाडौं सिनामंगल बस्ने चितवन भरतपुर महानगरपालिका–११ ठेगाना भएका ३२ वर्षीय सुरज शर्मा र काठमाडौं सिनामंगल बस्ने काठमाडौं महानगरपालिका–९ ठेगाना भएका ३३ वर्षीय श्रवण कार्की रहेका छन्।
उनीहरू उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।