Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीमा एकै दिन सेञ्चुरी बैंकका २ वटा नया शाखाबाट सेवा सुरु ।


  • लुम्बिनी चिन्तन
  • जेठ १०, २०७९ मंगलवार
  • 1.2K
    SHARES

रुपन्देहीमा एकै दिन सेञ्चुरी बैंकका २ वटा नया शाखाबाट सेवा सुरु ।


भैरहवा जेठ १०
सेञ्चुरी कमर्सियल बैंकले रुपन्देहीको तिलोतमा र सैनामैनामा दुई शाखा बिस्तार गरेको छ । बैंकले रुपन्देहीकोे तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राममा १३८ औ र सैनामैना वडा नम्बर ३ स्थित मुर्गियामा १३९ औ शाखा बिस्तार गरेको बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बताए । मंगलबार दुई स्थानमा छुट छुटै कार्यक्रमका बिच बैकका अध्यक्ष श्रेष्ठले शाखाको सुभारम्भ गरेका थिए । 

333.jpg
सैनामैनामा आयोजित कार्यक्रममा सैनामैना नगरपालीकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले बैँकको उद्घघाटन गर्दै वित्तीय क्षेत्रको विकासमा नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए । बैंकले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न आग्रह गर्दै कृषि उत्पादन क्षेत्रमा बढी महत्व दिनुपर्नेमा उनले जोड दिए । नगरप्रमुख शर्माले नगरको विकासका लागी वित्तीय संस्थाहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा बैंकका अध्यक्ष राजेश श्रेष्ठले कृषि उत्पादनका लागि पुंजी उपलब्ध गराउन सेञ्चुरी बैँक कटिबद्ध रहेको बताए । उद्यमशिलताको विकासका योजना बनाए आए बैंकले सहयोग गर्ने श्रेष्ठले उल्लेख गरे । र्आार्थक तथा व्यवसायिक विकासमा सेञ्चुरी बैंक हातेमालो गर्न तयार भएको उनले बताए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका उपप्रमुख विना राना मगर, सेञ्चुरी बैंकका निर्देशक मन बहादुर राई, प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज न्यौपाने, ससिओ राजेश भण्डारी, सिपिओ विष्णु तिवारीको विशेष आतिथ्यता तथा वडा नम्बर ३ का वडाअध्यक्ष तम बहादुर पुर्जा, ४ का वडाअध्यक्ष राम प्रसाद अधिकारी, सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का लगायतले बोलेका थिए । सेञ्चुरी कमर्सियल बैंकले शाखा कार्यालय सैनामैनामा प्रमुख गणेश पौडेलको स्वागत तथा प्रदेश प्रमुख यादव भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । 

222.jpg
उता तिलोतमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ शाखाको शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका संचालक समिति सदस्य मनबहादुर राई, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुण निधि तिवारी, तिलोत्तमा व्यापार संघका अध्यक्ष बाबुलाल भुषाल, लुम्बिनी प्रदेश प्रमुख विष्णु तिवारी, लुम्बिनी प्रदेश उपप्रमुख यादब भट्टराई, शाखा प्रमुख अजय पोखरेल लगायतको सहभागीता रहेको थियो । 
२०७८ चैत्र मसान्त सम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 
उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १३९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

 


लुम्बिनी चिन्तन

थप समाचार