Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो


  • लुम्बिनी चिन्तन
  • जेठ ९, २०७९ सोमवार
  • 674
    SHARES

गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो

भैरहवा जेठ ९

गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा अवतरण गर्ने क्रममा जजीरा एयरलाईन्स संग चरा ठोक्किएको छ । चरा ठोक्किए संगै सावधानी अपनाउदै राती नै फिर्ता जानु पर्ने जजीराले अहिले सम्म उडान गरेको छैन । जजीरा एयरलाईन्सको जहाज अहिले सम्म बिमानस्थलमै रहेको बिमानस्थलले जानकारी दिएको छ ।

अवतरणका क्रममा चरा ठोक्कीएको हुन सक्ने गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले बताए । 

१ सय २१ जना यात्रु बोकेर आएको जजीरा एयरलाईन्स राती पौने २ बजे चरासंग ठोकिए पनि सबै सकुशल रहेका छन ।

करिब ६० यात्रु लिएर उडान भर्ने तयारीमा रहेको जहाजको अगाडीको भागमा रगत देखीएपछि बिमान उडानमा ढिलाई भएको छ । यात्रुहरुलाई होटलमा राखीएको छ । 
काठमाण्डौ बाट ईन्जिीनीयरको टोली आएर चेकजांच गरेपछि मात्रै जहाजले उडान भर्ने जनाईएको छ । बाहीर बाट हेर्दा सामान्य देखीएको छ तर जहाजका पाईलटले सबै चेक गरेर मात्र उडान भर्ने जनाएपछि काठमाण्डौ बाट प्राबिधिक बोलाईएको दहालले बताए ।  
गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरलाईन्सले साताको ३ दिन  सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार