भैरहवा जेठ ७.
रुपन्देही को मायादेवी ४ स्थित सुण्डी मा वि मा दक्षिण काेरियाली संस्था अम् हाेड्ग गिल ह्युमन फाउन्डेसन द्वारा आयोजित पुस्तक समीक्षा कार्यक्रममा सहभागी विद्यार्थी भाइबहिनी हरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।
एक कार्यक्रम आयोजना गरी सो पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो।
विद्यालय का व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष अरुण कुमार तिवारी को अध्यक्षता संचालित कार्यक्रममा फाउन्डेसन का अध्यक्ष क्याप्टेन अम हङ गिल, मायादेवी गाउँपालिका शिक्षा शाखा प्रमुख नारायण लामिछाने, फाउन्डेसन का म्यानेजर नीलम थापा लगायत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावक को उपस्थितिमा सम्पन्न गरिएको हो।

वर्षमा २ पटक आयोजना हुने गरी व्यवस्था गरिएको सो कार्यक्रम covid १९ का कारण बीचमा २ वर्ष हुन नसकेको र नोभेम्बर २०२१ मा आयोजना गरी सो को पुरस्कार अहिले वितरण गरिएको फाउन्डेसन का म्यानेजर नीलम थापा ले जानकारी दिनु भयो। विद्यालयमा अध्ययन गर्ने विभिन्न कक्षाका विद्यार्थी हरुको तह गत विभाजन गरी विभिन्न ४ समुहमा गरी प्रतियोगिता को आयोजना गरिएको थियो जसमा ४२५ जना विद्यार्थीहरुले भाग लिएका थिए। पुस्तक समीक्षा प्रतियोगिताले विद्यार्थी भित्रको अन्तर्निहित विश्लेषणात्मक क्षमताको विकास गर्ने तथा उनीहरूको बौद्धिक, सांस्कृतिक तथा संवेगात्मक विकास मा पनि योगदान पुग्ने विद्यालय का प्रधानाध्यापक सतीश चन्द मणि त्रिपाठी को भनाई रहेको छ।
पुरस्कारका रूपमा फाउन्डेसन द्वारा विद्यालयका सहभागी विद्यार्थी मध्ये उत्तीर्ण भएका विद्यार्थी हरुलाई विभिन्न ४ तह गरी समग्रमा जम्मा १ लाख ५० हजार रुपैयाँ तथा २८ वटा प्रमाणपत्र वितरण गरिएको थियो।